२०८२ पुस ९, बुधबार
  • User योसमय सम्वाददाता बैशाख २५, २०८१

नुवाकोटको बेललकोटगढी नगरपालिकामा भएको सवारी दुर्घटनामा मंगलवार दुई जनाको मृत्यु भएको छ । गल्छी–स्याफ्रुवेसी सडक खण्ड अन्र्तगत बेलकोटगढी नगरपालिका वडा नं. ८ सिर्खाली पुलमा भएको दुर्घटनजामा नुुवाकोट घुम्न आएका काठमाडौंका दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौंका वर्ष २७ का रुविन रावल र वर्ष २६ का स्वीकार राणा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । घाइते अवस्थामा उद्दार गरी अस्पताल पु¥याइएका उनीहरुलाई जिल्ला अस्पताल त्रिशूलीले मृत घोषणा गरेको थियो ।
अर्किड एकेडमी स्कुलको वस बा. ३ क ३७२२ नं. बस देवीघाटबाट सिर्खाली जानको लागि बस घुमाउने क्रममा सोही दिशातर्फ जादै गरेका बागमती प्रदेश ०२–०४४ प ३६९२ र बागमती प्रदेश ०२–०४६ प १५२९ नम्बरको मोटरसाईकल ठोक्किाएका थिए । मंगलवार अपरान्ह ५ बजेको समयमा अर्किड एकेडमी नुवाकोटको बस घुमाउने क्रममा दुई वटा मोटरसाइकल बसमा ठोक्किएका थिए ।
दुर्घटनामा घाइते भएका काठमाण्डौ बस्ने २७ वर्षिय रितिक तिवारी, २५ वर्षिय उपकार थापाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ । बस र बसका चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: बैशाख २५, २०८१

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !