२०८२ कार्तिक २५, मङ्लबार
  • User योसमय सम्वाददाता साउन २४, २०८०

विदुर / बनदेवी मन्दिर हरियाली पार्क निर्माणको लागि सहरी विकास मन्त्रालयले बनदेवी क्षेत्रलाई समेटेर हरियाली पार्कको लागि गुरु योजना तयार गरेको छ । सो गुरुयोजना अनुसार करिव ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ ।

बनदेवी हरियाली पार्क निर्माणको लागि स्रोत जुटाउनको लागि नेपाली कांग्रेसका नेता सुरेन्द्रराज अधिकारी, बासु सापकोटासहितको टोलीले नेता अर्जुन नरसिंह केसीलाई भेटी सो पार्क निर्माण सहयोग गर्न आग्रह गरेको थियो । सो आग्रह अनुसार प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसदसमेत रहेका केसीले यसै वर्ष आफ्नो सांसद पूर्वाधार विकास कार्यक्रम अन्र्तगत एक करोड रुपैयाँको काम सो क्षेत्रमा गरिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘हामी बनदेवीको वृहत्तर विकासको गुरुयोजनासहित नेता केसीलाई भेट्यौँ’ नेपाली कांग्रेसका नेता बासु सापकोटाले भने – ‘उहाँबाट एक करोड रुपैयाँ बराबरको एउटा सेक्टरको काम यसै वर्षबाट सुरु गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।’ सहरी विकास मन्त्रालयले हरियाली पार्कको रुपमा विकास गर्नको लागि गुरुयोजना तयार पारेपनि सो योजना अनुसारको काम सम्पन्न गर्नको लागि स्रोत जुटाउनको लागि बनदेवी मन्दिरप्रति चासो राख्ने विदुरका इश्वर डंगोल, राजेन्द्र पाण्डेलगायतका टोलीले नेता केसीलाई भेटेको थियो ।

प्रतिनिधि सभाका सांसदले आफ्नो क्षेत्रका बढीमा ५ वटा योजनाका लागि ५ करोड रुपैयाँ खर्च गर्न पाउने प्रावधान रहेको छ । सो १ करोड मध्येबाट १ करोड रुपैयाँ बनदेवी क्षेत्रको लागि खर्च गर्न नेता केसीले प्रतिवद्धता व्यक्त गरेको नेता सापकोटाले बताए ।

  • User योसमय सम्वाददाता प्रकाशित: साउन २४, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !