
नुवाकोट महोत्सव २०८० जारी छ । राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले महोत्सवलाई थप रौनक वनाएको छ ।
अन्य महोत्सव भन्दा यो पटकको महोत्सवमा पहिलो दिनदेखिनै दर्शकहरुको भडि लागेको आयोजकले वताएको छ । महोत्सवमा हेर्न लायक धेरै चिजहरु मध्ये स्वंय आयोजकलेनै निर्माण गरेको पार्कमा दर्शकको भिड लागेको छ । यो भन्दा पहिलेको महोत्सवमा पार्क निर्माणको लागि ठेक्का दिने र कम खर्चमा पार्क निर्माण गरिदिदा पार्क खासै हेर्न लायक हुदैनथ्यो । तर, यो पटक भने स्वंय आयोजकलेनै उक्त पार्क निर्माण गरेको हो ।
पार्क वनाउने जिम्मेवारी पाएका नुवाकोट उद्योग वाणिज्य संघका सदस्य शिवराज लामिछानेले उक्त पार्कको निर्माण गरेका थिए । उनले एकजना कामदार लगाएर पाँच दिनमा उक्त मनमोहक पार्क निर्माण गरेका थिए ।








योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !