२०८२ पुस ९, बुधबार
  • User योसमय सम्वाददाता माघ २०, २०८०

विदुर / नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी आफ्नो जिम्मेवारी प्रचलित नियम कानुनको परिधि भन्दा बाहिर गएर कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सरुवा भएर नुवाकोट आएपछि पहिलो पटक जिल्लाका सञ्चारकर्मीसँग कुरा गर्दै प्रजिअ अधिकारीले असल कामका लागि जिल्लाका सञ्चारकर्मीसँग सहकार्य गर्नको लागि प्रस्तावसमेत गरेका छन् ।

सुशासन कायम गर्ने सवाल आफ्नो पहिलो प्राथमिकता भएको स्मरण गर्दै उनले सुशासन कायम गर्नको लागि राज्यका सबै अंगहरु उत्तिकै क्रियाशील हुनुपपर्ने धारणा राखे । सपार्नको लागि धेरै अंगहरुले लामो समय मेहनत गर्नुपर्ने बताउँदै उनले विगार्नको लागि एक दुई वटा अंगले काम नगर्दा नै विग्रने बताए । ‘विगार्न सजिलो छ, बनाउन गाह्रो छ ।’ उनले भने– ‘गाडीको एउटा नटबोल्ट नभए गाडी चल्दैन, तर, त्यो गाडीमा हजारौं बोल्टु सही ठाउँमा सही तरिकाले काम गरेको हुनुपर्छ ।’ सुशसन कायम राख्नको लागि राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रहेको बताए ।

आफूले जिल्लामा रहेर काम गर्दा गर्दा पेशागत व्यवसायिकतालाई ध्यानमा राखेर गरिने बताउँदै सुशासन कायम गर्न र सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न आफ्नो योगदान रहने बताए । ‘जे गरिन्छ पारदर्शी ढंगबाट गरिन्छ’–उनले भने ।

  • User योसमय सम्वाददाता प्रकाशित: माघ २०, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !