२०८२ पुस ९, बुधबार

आजबाट इसईई

  • User योसमय सम्वाददाता चैत्र १५, २०८०

विदुर / माध्यमिक शिक्षाको माथिल्लो खुड्किलोको रुपमा चिनिएको एसईई परीक्षामा नुवाकोटबाट यस वर्ष चार हजार सहभागी हुने भएका छन् ।

चैत १५ गतेदेखि सुरु हुन लागेको यस वर्षको परीक्षामा तीन हजार ९ सय २२ जना परीक्षाथी एसईई परीक्षामा सहभाग ी हुने शिक्षा समन्वय इकाई नुवाकोटले जनाएको छ ।

परीक्षामा नियमिततर्फ तीन हजार ७ सय १८, प्राविधिकतर्फ एक सय २६ विद्यार्थी सहभागी हुनेछन् भने ७८ जना विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुनेछन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) का लागि जिल्लामा २३ परीक्षा केन्द्र तोकिएको छ ।

यस वर्ष निजी विद्यालयको तर्फबाट सबै भन्दा धेरै अर्किड एकेडेमी बट्टारबाट ७९ जना परीक्षार्थीले एसइइ परीक्षा दिनेछन् भने सहकारी (सामुदायिक ) विद्यालयमध्येबाट पृथ्वी माध्यमिक विद्यालय विदुरबाट ७६ जना विद्यार्थी परीक्षामा सहभागी हुने विकास तथा समन्वय इकाइले जनाएको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: चैत्र १५, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !