
आठौँ नुवाकोट महोत्सवमा कति अवलोकनकर्ता आउने अनुमान गरिएको छ ?
आठौं नुवाकोट महोत्सवमा एक लाख भन्दा बढी अवलोकनकर्ता आउने अनुमान हामीले गरेका छौँ । हामीले एक लाख टिकट विक्री गर्ने लक्ष्य राखेका छौँ । त्यसमा विद्यार्थीलाई ५० प्रतिशत छुट र ज्येष्ठ नागरिक र अपाङगता भएकालाई निःशुःल्क प्रवेशको व्यवस्था मिलाएका छौँ । कुल टिकट मध्ये आधा जति विद्यार्थी र ज्येष्ठ नागरिक सहुलियतको टिकट हुनेछ । नुवाकोट उद्योग वाणिज्य संघका नविकरण गरेका सदस्यहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएका छौँ ।
महोत्सवको टिकट महंगो भयो भन्ने सुनिन्छ नी ?
होइन, हामीले एक सय रुपैयाँमा प्रवेशको व्यवस्था मिलाएका छौँ । यस अघिका महोत्सवमा पनि एक सय रुपैयाँकै टिकट वितरण भएको हो । एक सय रुपैयाँमा पनि विद्यार्थी सहुलियत तथा ज्येष्ठ नागरिक र अपाङगता भएका लागि निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाएका छौँ । त्यसैले टिकट महंगो भयो भन्ने हामीलाई लाग्दैन त्यसमाथि ५० प्रतिशत छुटको टिकट धेरै विक्री हुन्छ र हामीले त्यो टिकट नै धेरै छापेका छौँ ।
टिकट विक्रि पनि ठेक्का लगाएको हो ?
यसअघि त्यसरी दिइएको रहेछ । यस पटक संघले नै टिकट विक्रिको व्यवस्था मिलाएका छौँ । टिकट विक्रीको आम्दानी पनि संघमै हुनेछ ।
महोत्सवको तयारी कसरी भइरहेको छ ?
महोत्सवको तयारी भव्य भइरहेको छ । हामीले विभिन्न समितिहरु गठन गरी समितिलाई जिम्मेवारी दिइएको छ । सोही जिम्मेवारी अनुसार मलगायतका साथीहरु लागिरहनु भएको छ । महोत्सव प्रयोजन गर्नको लागि पनि विभिन्न कम्पनीहरु उत्साहजनक रुपमा आउनु भएको छ । त्यसकारण महोत्सव यसपटक उत्साहजनक हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।
अन्तमा नुवाकोटवासीलाई के भन्नुहुन्छ ?
आठौं नुवाकोट महोत्सव नुवाकोटवासी सबैको हो । हामी सबै मिलेर यो महोत्सव सफल बनाउनको लागि एक पटक महोत्सव अवलोकन गरी नुवाकोटको कृषि, पर्यटन, उद्योग व्यवसाय सफल बनाउने अभियानमा लाग्न नुवाकोटवासीलाई आग्रह गर्दछु ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !