२०८२ पुस १०, बिहिबार
  • User योसमय सम्वाददाता साउन १७, २०८०

विदुर / केरुङबाट रसुवा नुवाकोट हुँदै काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गर्न आएको चिनिया प्राविधिक टोलीले बुधवार साततले दरवार क्षेत्रको अवलोकन गरेको छ ।

मंगलवार नुवाकोट आइपुगेको सो चिनिया टोलीले बुधवार चीन सरकारले पुर्ननिर्माण गर्न लागेको साततले दरवार क्षेत्रको अवलोकन गरेको हो । चीन सरकारले पुर्ननिर्माण गर्न लागेको साततले दरवार क्षेत्रसहितका पुरातत्विक संरचना लामो समयसम्म पुर्ननिर्माण हुन नसक्दा जिल्लाको ऐतिहासिक संरचना भग्नावशेषमा परिणत हुन लागेको छ । चिनिया पक्षबाट पुर्ननिर्माणमा ढिलाई भइरहेको सन्दर्भमा विदुर नगरपालिकाका जनप्रतिनिधिहरुको पहलमा चिनिया टोलीलाई कामको ढिलासुस्तीको बारेमा दरवारको अवलोकन गर्न लगाइएको विदुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दीपक कायस्थले जानकारी दिए ।

बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको उपस्थितिमा चिनिया नागरिकको टोलीले साततले दरवार र बौद्ध चैत्य गुम्बासहितको संरचनाको अवलोकन गरेको हो । अवलोकनको क्रममा साततले दरवारको पुनः निर्माणमा चीनले ढिलाइ गरेकोले स्थानीयले चीनका प्राविधिक टोलीसँग नुवाकोटका नागरिकले विश्वास गुमाउन पुगेको गुनासो गरेका छन् । प्रमुख श्रेष्ठले दरवारको पुन निर्माणको काम गर्ने टोलीलाई सम्पर्कमा ल्याई छिटोभन्दा छिटो कामको थालनी गर्नसमेत माग गरेका छन् । चिनियाँ टोलीले साततले दरबार, गारद घर, रंगमहल, तुलजा मन्दिर, लामपाटी, सेतापाटी, नारायण मन्दिर र विष्णु मन्दिरको अनुगमन गरेको छ ।

अवलोकनका क्रममा स्थानीय सरोकारवालाहरुकोसमेत सभागिता रहेको थियो । पहिलो पटक गत २०७९ पुस १२ गते चिनिया टोली रेलमार्गको सम्भाव्यता अध्ययनको लागि नेपाल आएको थियो । सो टोलीले विभिन्न चरणमा रेलमार्गको अम्भाव्यता अध्ययन गरिरहेको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: साउन १७, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !