
ज्योति विकास बैंकले ‘सुपर स्मार्ट सेभिङ्स’ बचत योजना सञ्चालन गरेको छ । अतुलनीय विशेषता, निःशुल्क सुविधा र विशेष छुटसहितको ‘सुपर स्मार्ट सेभिङ्स’ बचत योजना सार्वजनिक गरेको हो ।
बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको यो योजना अन्र्तगत मौज्दातमा १५ रुपैयाँमा १५ महिनासम्म १५ प्रकारका सुविधा निःशुल्क तथा विशेष छुटसहितको निक्षेप योजना रहेको छ । अन्य बचत खातामा पाइने सुविधाभन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउने बैंकले जनाएको छ । यस बचत खातामा ग्राहकले न्यूनतम १५ रुपैयाँ मौज्दातमा १५ महिनासम्म ७.५ प्रतिशत ब्याजदर, अन्य बैंकको एटीएमबाट महिनाको २ पटकसम्म निः शुल्क नगद झिक्न सक्ने छन् ।
यस्तै, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क डेबिट कार्ड, मासिक ब्याज भुक्तानी, निःशुल्क डिम्याट खाता, निःशुल्क डिम्याट नवीकरण, निःशुल्क सि–आस्वा सेवा, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन र नवीकरण, मुद्दती खाता प्रिम्याचुरिटी शुल्कमा ५० प्रतिशत छुट, वार्षिक लकर सुविधामा ५० प्रतिशत छुट तथा धितो रकममा ३० प्रतिशत छुट, निःशुल्क डलर कार्ड जारीलगायतका सुविधाप्राप्त गर्न सक्ने वैंकले जनाएको छ ।
यसबाहेक एफसीवाई एक्सचेन्ज छुट÷प्रिमियमः अमेरिकी, अस्ट्रेलिय, क्यानेडियन डलर, पाउन्ड स्टार्लिङ तथा युरोकोको विदेशी मुद्रा विनिमय लेनदेनमा १५ पैसाको छुट÷प्रिमियम मुद्दती खाता प्रिम्याचुरिटी शुल्कमा ५० प्रतिशत छुट दिइने वैंकले जनाएको छ । सो खाता सञ्चालन गर्दा ग्राहकले निः शुल्क अन–डिमान्ड खाता विवरण, बेनिफिसियल अनर (डीपी सेवा) को एसटीसीमा १५ प्रतिशत छुट पाइनेछ ।
ग्राहकको आवश्यकतालाई ध्यानमा राखी अधिकतम लाभ प्रदान गराउन र आफ्ना ग्राहकलाई आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ ‘सुपर स्मार्ट सेभिङ्स’ बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको हो । सुपर स्मार्ट सेभिङ्स खाता बैंकका सम्पूर्ण शाखा तथा अनलाइनबाट खोल्न सकिने वैंकले जनाएको छ । वैंकका एक सय २१ शाखा, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !