फेरियो रुम गाउँको मुहार
म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षको हुनुभयो । उमेरले आठ दशक छुनै लागे पनि स्वच्छ खानपानले उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । फरासिला विकले जीवनका अधिकांश समय ढुङ्गाखानीबाट घर छाउनी ढुङ्गा निकाल्दै, गाईभँैसी र भेडाबाख्राको गोठालो गरेरै बिताउनुभयो । विकसँग जीवनका अनेकौँ भोगाइ छन् । उतिबेला उहाँले भोगेका कैयौँ अनुभव अहिले विक आफैँलाई नौला […]