गाउँकै उत्पादन खाजामा प्रयोग गर्न जोड
किस्पाङ । नुवाकोटमा परीक्षणको रुपमा सुरु गरिएको स्थानीय उत्पादनमा आधारित राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । सरकारले ०७५।०७६ देखि सञ्चालनमा ल्याएको दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्नका लागि विश्व खाद्य कार्यक्रम र शान्ति भोलेन्टियर्स एसोसियन र कार्डसन नेपालले स्थानीय उत्पादनलाई प्रयोग गर्नको लागि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् […]