पञ्चकन्यामा संकल्प नाटक
पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडक नाटक सङ्कल्प प्रदर्शन गरिएको छ । जेठ ७ गतेबाट प्रदर्शन सुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा प्रदर्शन गरिएको हो । ‘विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चार वटा मध्ये एउटा खम्बामात्रै कमजोर भयो […]