२०८२ कार्तिक २०, बिहिबार

आजबाट एसईई

  • User योसमय सम्वाददाता चैत्र १५, २०८०

विदुर / माध्यमिक शिक्षाको माथिल्लो खुड्किलोको रुपमा चिनिएको एसईइ परीक्षामा नुवाकोटबाट यस वर्ष चार हजार सहभागी हुने भएका छन् ।

चैत १५ गतेदेखि सुरु हुन लागेको यस वर्षको परीक्षामा तीन हजार ९ सय २२ जना परीक्षाथी एसईइ परीक्षामा सहभागी हुने शिक्षा समन्वय इकाई नुवाकोटले जनाएको छ ।

परीक्षामा नियमिततर्फ तीन हजार ७ सय १८, प्राविधिकतर्फ एक सय २६ विद्यार्थी सहभागी हुनेछन् भने ७८ जना विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुनेछन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि जिल्लामा २३ परीक्षा केन्द्र तोकिएको छ ।
यस वर्ष निजी विद्यालयको तर्फबाट सबै भन्दा धेरै अर्किड एकेडेमी बट्टारबाट ७९ जना परीक्षार्थीले एसइइ परीक्षा दिनेछन् भने सहकारी (सामुदायिक) विद्यालयमध्येबाट पृथ्वी माध्यमिक विद्यालय विदुरबाट ७६ जना विद्यार्थी परीक्षामा सहभागी हुने विकास तथा समन्वय इकाइले जनाएको छ ।
यस वर्षदेखि ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी मात्रै एसईईमा उत्तिर्ण हुने नयाँ व्यवस्था रहेको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: चैत्र १५, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !