२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता चैत्र १४, २०८०

विदुर / नुवाकोटमा साइकलका पारखीहरुले साइकिलिङ संघ गठन गरेका छन् । शारिरीक व्यायामका साथै खेलकुदको क्षेत्रमा साइकललाई प्रयोग गर्दै आएका साइकलका शौखिनहरुले संघ गठन गरेका हुन् । संघको अध्यक्षमा कर्णबहादुर श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा कैलाश श्रेष्ठ रहेका छन् भने सचिवमा सुनील विष्ट रहेका छन् ।

संघको कोषाध्यक्षमा समिता श्रेष्ठ रहेकी छिन् । सदस्यरुमा कुमार श्रेष्ठ, हरिवंश ढकाल, कविन्द्र कारञ्जित रहेका छन् ।
दैनिक व्यायाम तथा साहसिक खेल क्षेत्रमा पर्ने साइकिलिङको व्यावसायिकता एवं यसको महत्वबारे विशेषगरी सहरिया क्षेत्रका नागरिकहरुलाई आकर्षित गराउने उद्देश्य संघले लिएको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: चैत्र १४, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !