२०८२ कार्तिक २१, शुक्रबार

जिल्लामानै जन्मिएर देश र विदेशमा जिल्लाको र देशको नाम राख्न सफल व्यक्तिहरुलाई भने महोत्सवले रत्तिभर सम्झिएन ।

  • User योसमय सम्वाददाता फाल्गुन १०, २०८०

विदुर । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा विदुरमा सञ्चालन भएको आठौं नुवाकोट महोत्सव सम्पन्न भयो । महोत्सवमा एक लाख भन्दा बढी अवलोकनकर्ताले महोत्सव हेरेको आयोजक पक्षको दावी छ । महोत्सव सञ्चालन भयो, जिल्लाको आर्थिक कारोवार केही भएपनि चलायमान त भयो ।

आठौं महोत्सव सम्पन्न हुँदै गर्दा महोत्सव सञ्चालनका लागि आफैंले गठन गरेको समिति उपसमिति तथा पदाधिकारी एवं उपसमितिका संयोजकहरुलाई आयोजक आफैंले सम्मान ग¥यो तर, सम्मान गर्नुपर्ने धेरै नुवाकोटका अग्रजहरु थिए, उनीहरुलाई आयोजकले सम्झन सकेन ।

तर, आयोजक नुवाकोट उद्योग वाणिज्य संघले ‘नुवाकोट महोत्सव २०८०’ मात्र भनेर आठौँ महोत्सवलाई सार्वजनिक गरेन । किनकी, नुवाकोट उद्योग वाणिज्य संघको सिङ्गो कार्यसमितिले आठ बाह्रको अंकलाई अशुभ मान्दछन् । सोही कारणले संघले यो महोत्सवलाई आठौं भनेर कतै पनि प्रचार नगर्ने सहमति भएको संघकै एक सदस्य बताउँछन् । आठौं महोत्सव नभनिएपनि सञ्चारमाध्यममा यो महोत्सवलाई आठौं नै भनेर प्रचार गरे । व्यापारिक संस्था उद्योग वाणिज्य संघले नै आठौँ महोत्सव भनेर भन्न नसक्नु व्यापारीहरुमा पनि आठ बाह्रको प्रभाव राम्रै रहेछ भन्ने अनुमान गर्न सकिन्छ ।

नुवाकोटमा पहिलो महोत्सव २०६३ सालको माघ २६ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन गरिएको थियो । त्यो महोत्सवमा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरणउत्सुक सापकोटा संयोजक भएपनि अरु व्यवस्थापकीय क्षेत्रमा संघ बाहिरका सरकारी कार्यालय तथा संघसंस्थाका पदाधिकारीलाई जिम्मा दिइएको थियो । त्यसपछि भने संघ एक्लैले नुवाकोटमा महोत्सव सञ्चालन गर्दै आइरहेको छ ।

नुवाकोट जिल्लाको आर्थिक, सामाजिक, पर्यटन तथा साँस्कृतिक उत्थान, कृषि र उद्यमशीलताको प्रचार प्रसारको लागि नुवाकेट उद्योग वाणिन्य संघको आयोजनामा ‘ऐतिहासिक, धार्मिक, कृषि पर्यटन, व्यवसाय र कला संस्कृतिको विकास नुवाकोट समृद्विको निकास’ भनिए पनि नारामा मात्र सिमीत भएको नुवकोटवासीको भनाई रहेको छ ।

दोस्रो महोत्सव २०६६, तेस्रो २०७०, चौथो महोत्सव २०७३ माघ १४ देखि २४ गतेसम्म, पाँचौं महोत्सव २०७४ फागुन १६ देखि २६ गतेसम्म, छैठौं महोत्सव २०७६ माघ १६ देखि २६ गतेसम्म सञ्चालन गरिएको थियो । यस्तै सातौँ महोत्सव २०७९ साल माघ २७ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन भयो । आठौँ महोत्सव भने माघ २६ गतेदेखि फागुन ७ गतेसम्म विदुरमा सञ्चालन भयो । महोत्सव धेरैजसो सदरमुकाम विदुरमै सञ्चालन भएको छ भने सातौँ महोत्सव पिपलटारमा सञ्चालन भएको थियो ।

व्यावसायीहरुले आठ बाह्रको अंकलाई अशुभ मानेपनि रोचक पक्ष त के छ ? भने अहिलेका वर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि नुवाकोट उद्योग वाणिज्य संघको आठौं अध्यक्ष हुन् । संघलाई आठ बाह्र अंकप्रति वितृष्णा नै हुने भए आठौं अध्यक्ष बन्न सायद कोही पनि आउने थिएनन् होला, यस कुरालाई संघले ध्यान दिन सकेन ।

आठौं महोत्सव सम्पन्न हुँदै गर्दा महोत्सव सञ्चालनका लागि आफैंले गठन गरेको समिति उपसमिति तथा पदाधिकारी एवं उपसमितिका संयोजकहरुलाई आयोजक आफैंले सम्मान ग¥यो तर, सम्मान गर्नुपर्ने धेरै नुवाकोटका अग्रजहरु थिए, उनीहरुलाई आयोजकले सम्झन सकेन । खेलकुद, सञ्चार, कला, साहित्य, संस्कृति, उद्योग, पर्यटनलगायतका थुप्रै विधामा नुवाकोटबाट योगदान भइरहेको छ । उनीहरुलाई कार्यक्रममा निम्ता गर्नु तथा सम्झने दायित्वसमेत महोत्सव आयोजकले बोध गरेन । नुवाकोटका विभिन्न क्षेत्रमा योगदान दिएका जस्तै खेलकुद, पत्रकारिता, चित्रकला, हस्तकला, गायन, हिमाल आरोही, कलाकारिता, पर्यटन र सामाजिक क्षेत्रमा जिल्लामानै जन्मिएर देश र विदेशमा जिल्लाको र देशको नाम राख्न सफल व्यक्तिहरुलाई भने महोत्सवले रत्तिभर सम्झिएन । यसमा आम नुवाकोटवासीको गुनासो रहेको छ ।

नुवाकोट जिल्लाको आर्थिक, सामाजिक, पर्यटन तथा साँस्कृतिक उत्थान, कृषि र उद्यमशीलताको प्रचार प्रसारको लागि नुवाकेट उद्योग वाणिन्य संघको आयोजनामा ‘ऐतिहासिक, धार्मिक, कृषि पर्यटन, व्यवसाय र कला संस्कृतिको विकास नुवाकोट समृद्विको निकास’ भनिए पनि नारामा मात्र सिमीत भएको नुवकोटवासीको भनाई रहेको छ ।

महोत्सवमा नुवाकोटका उत्पादनलाई प्राथमिकता दिने बताइएपनि स्थानीय उत्पादनले खासै स्थान पाउन सकेन । .यो पटक नुवकोट महोत्सव आयोजकले खर्च कटौतीमा भने व्यापक सुधार गरेको छ । विगतको महोत्सवमा खाजाखानामा मात्र आयोजकले १५ लाख भन्दा वढी खर्च गरेको बिल सार्वजनिक गर्ने गरेको थियो । अतिथि सत्कार लगायतमा शिर्षकमा पनि त्यत्तिकै खर्च हुन्थ्यो तर, आयोजकले यो पटक भने त्यो खर्चमा ८० प्रतिशत कटौती भएको दावी गरेको छ ।