२०८२ कार्तिक २१, शुक्रबार

नुवाकोट महोत्सव – २०८०

  • User योसमय सम्वाददाता फाल्गुन २, २०८०

बेलकोटगढी नगरपालिका वडा नं. १० का किसान पवन पौडेलले आफ्नो बारीमा फलाएको ७ फिट लामो तरुण नुवाकोट महोत्सवको प्रदर्शनीमा राखिएको छ ।

लामो समयदेखि तरुल खेती गर्दै आएका पौडेलले दुई वटा ७ फिट लामो तरुल प्रदर्शनीमा राखिएको हो । बेलकोटगढी नगरपालिकाले नगरपालिकाका उत्कृष्ठ कृषि उत्पादन प्रदर्शनी गर्ने क्रममा पौडेलले दुई वटा तरुल प्रदर्शनीमा राखेका हुन् । बेलकोटगढी नगरपालिकाको स्टलमा वेलकोटढी नगरपालिका वडा नं. ९ का किसान गोविन्द भट्टको बारीको केरा पनि राखिएको छ । यो केरामा २२ काइयो (हाता) रहेका छन् भने ३ सय भन्दा धेरै केराको कोसा रहेका छन् । बेलकोटगढी नगरपालिका वडा नंं. ४ का किसान रामहरि पौडेल र बुद्धि लामाले उत्पादन गरेको ९ किलो र १२ किलोग्रामका मुला पनि प्रदर्शनीमा राखिएको नगरपालिकाको कृषिशाखामा कार्यरत सम्झना बजगाईले बताइन् ।

यस्तै बेलकोटगढी नगरपालिका वडा नं. ७ का कमल लामाले उत्पादन गरेको च्याउ लगायतका सामान बेलकोटगढी नगरपालिकाका उत्कृष्ठ उत्पादन रहेका छन् ।