२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता माघ २३, २०८०

स्टल निर्माणको काम कुन चरणमा पुग्यो ?

स्टल निर्माणको काम करिव करिव अन्तिम चरणमा पुगिसकेको छ । एक दुई दिनभित्रै हामीले स्टल निर्माणको काम सम्पन्न गर्नेछौँ । २ सय ४९ वटा स्टल रहने छन् । त्यसबाहेक होटल समूहलाई छुट्टै किसिमका थप स्टल हुनेछन् । होटलहरुमा भक्तपुर र ललितपुरको नेवारीसहित दाना उद्योगले कुखुराको स्पेशल स्टल रहने छ ।

स्टलमा कस्ता सामानले प्राथमिकता पाउँछ ?

बजारमा पाइने विभिन्न उपभोग्य सामान सहित विभिन्न जातजातिको परिवार तथा भेषभुषा झल्कने खालका स्टलहरु पनि रहनेछ । नुवाकोट चिनाउने बस्तु तथा उत्पादनको प्रदर्शनी नै हाम्रो प्राथमिकतामा रहेको छ । हामीले यस्ता स्टलहरु निःशुल्क प्रदान गर्नेछौँ । नुवाकोटमा उत्पादन भएका वस्तुलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ ।

महोत्सवमा निर्माण भएका सबै स्टल विक्री हुन्छ ?

अहिलेको आर्थिक मन्दीको अवस्थामा पनि ९० प्रतिशत स्टल बुकिङ हुन्छ । अहिलेसम्म ५० प्रतिशत स्टल बुकिङ भइसकेको छ । कतिपय व्यवसायीहरु अर्को महोत्सवमा स्टल भएका कारण उहाँहरु त्यो महोत्सव सकेर आउने कुरा छ । जिल्लाभित्रका सदस्यहरुलाई स्टलमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएका छौँ ।

यो महोत्सवले अवलोकनकर्तालाई के फाइदा हुन्छ ?

महोत्सवमा नुवाकोट झल्कने खालका सामानको बजारीकरण, खरिदविक्री हुने नै भयो । नुवाकोटको धार्मिक, पर्यटकीय क्षेत्रहरुको चिनारी, ऐतिहासिक धार्मिक क्षेत्रहरुको जानकारीका साथै आफ्नो रोजाई अनुसारको सामान खरिदविक्री गर्न पाउनुहुनेछ । यसका साथै तीन दिनसम्म महोत्सव अवलोकन गर्नेलाई नुवाकोटमा उत्पादन भएको अण्डा र एक गिलास दुध चाख्ने व्यवस्थासमेत हामीले मिलाएका छौँ ।

  • User योसमय सम्वाददाता प्रकाशित: माघ २३, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !