
ककनी, आ.ब. २०७९÷८० को स्थानीय तह संस्थागत स्व÷ूल्यांकनमा ककनी गाउँपालिकाले सबैभन्दा धेरै अंक प्राप्त गरी पहिलो भएको ककनीले ८२ दशमलव ७५ अंक प्राप्त गरेको हो ।
जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये ककनी पहिलो भएको हो । नुवाकोटमा रहेका बेलकोटगढी र विदुर नगरपालिकामध्ये विदुरनिकै कमजोरअंक प्राप्त गरेको छ । विदुरले ६१ दशमलव २५ अंक प्राप्त गरेको छ भने बेलकोटगढीले ७० दशमलव ७० दशमलव ७५ अंक प्राप्त गरेको छ ।
दुप्चेश्वर गाउँपालिका ८० अंकसहित दोस्रो भएको छ भने किस्पाङ गाउँपालिका ७७ अंक प्राप्त गरी तेस्रो भएको छ । यस्तै पन्चकन्या गाउँपालिकाले ७६ दशमलव ५, तादी गाउँपालिका ७१ दशमलव ५, सुर्यगढी गाउँपालिकाले ७० अंक , शिवपुरी गाउँपालिकाले ६५ दशमलव २५, लिखु गाउँपालिकाले ६२ दशमलव २५, म्यागङ गाउँपालिका ५५ दशमलव २५ र तारकेश्वर गाउपालिकाले ५४.२५ अंक प्राप्त गरेको छ ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !