२०८२ कार्तिक २१, शुक्रबार

पवन नेपाल संयोजक, सुचना प्रविधि तथा सञ्चार समिति

  • User योसमय सम्वाददाता माघ १९, २०८०

सुचना तथा सञ्चारको क्षेत्रमा महोत्सवमा के हुँदैछ ?

सुचना तथा सञ्चारको क्षेत्रमा नुवाकोट महोत्सवमा आयोजकको तर्फबाट महोत्सव क्षेत्रभित्र सिसिटिभीको प्रयोग गरी सुरक्षाको उपाय अपनाइने छ । सुरक्षाको योजना पनि रहेका छन् । विद्यालयहरुलाई केन्द्रीत गरी विज्ञान प्रदर्शनीको लागि पनि हामीले तयारी गरेका छौँ । इलेक्टोनिक्स सामग्री तथा आइटिसँग सम्वन्धित सामग्रीहरु पनि महोत्सवमा राखिनेछ । महोत्सव स्थललाई सुरक्षा दिनको लागि सिसिटिभीको निगरानीमा राख्ने योजना नै मुख्य हो ।

विज्ञान प्रदर्शनी कसरी हुँदैछ ?

विद्यालयका विद्यार्थीहरु, कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुले विद्यालयमा आफूले प्राप्त गरेको सीपको आधारमा तयार पारेको बस्तु र उपकरणको प्रदर्शनी हो । नयाँ उत्पादन र उन्नतीको प्रदर्शनीको लागि हामीले दुई वटा स्टलमार्फत उनीहरुको सीप प्रदर्शन गराउने योजनामा रहेका छौँ ।

विज्ञान प्रदर्शनीमा कति विद्यालयले सहभागिता जनाउँदै छन् ?

हामीले भर्खरै सुचना प्रकाशित गरेकाले सहभागीताको लागि विद्यालयहरुले नाम टिपाउने क्रममै रहेकाले अहिले नै यति नै संख्यामा विद्यालयहरुले सहभागिता जनाउने छन् भन्ने जानकारी भइसकेको छैन । एक दुई दिनमै स्कुलको संख्या निर्धारण हुनेछ ।

महोत्सवले सुचना प्रविधिको क्षेत्रमा कस्तो फाइदा होला ?

अहिलेको युग नै सुचना प्रविधिको हो । विहान ओछ्यानबाट उठेदेखि साँझसम्म नयाँ नयाँ टेक्नोलोजीसँग सम्वन्धित रहेर काम भइरहेको हुन्छ । यो बारेमा नयाँ नयाँ उपकरणको बारेमा जानकारी हुनुको साथै यससँग सम्वन्धित विभिन्न कम्पनीहरुसँग कुरा पनि भइरहेको छ । क्यान इन्फोटेक मेला र महोत्सव एकै पटक परेकाले अझ धेरै टेक्नोलोजीका स्टल भने हामीले राख्न सकिरहेका छैनौँ ।

  • User योसमय सम्वाददाता प्रकाशित: माघ १९, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !