२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता माघ १६, २०८०

विदुर÷नुवाकोटको बेलकोटगढी नगरपालिका र शिवपुरी गाउँपालिकामा दुई जनाको लडेर मृत्यु भएको छ ।

गएराति बेलकोटगढी नगरपालिका वडा ८ स्थित चिसापानीको भीरमा लडेको अवस्थामा सोही ठाउँका ५६ को देवीबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । माघ १२ गतेदेखि हराईरहेका उनको खोजी गर्ने क्रममा बाटोदेखि ५० मिटर तल शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस्तै शिवपुरी गाउंपालिका वडा नं. ५ मुलाबारी बस्ने वर्ष ३७ को सुमन खड्काको पनि लडेर मृत्यु भएको छ । मुलावारी पहिरोको वीचमा उनको शव फेला परेको हो । दुवै शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाई घटनाको अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: माघ १६, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !