२०८२ कार्तिक २१, शुक्रबार

- जितेन्द्र अर्याल

  • User योसमय सम्वाददाता भदौ ६, २०८०

के हो परिवर्तन ? कसरी हुन्छ परिवर्तन ? यो शब्दको गाम्भिर्यता बुझ्नु र बुझाउनु नितान्त जरुरी छ । २०७९ असार २६ , मेरो जिन्दगीमा पार्टीगत रुपमा नयाँ पार्टी ( रास्वपा) प्रवेश गरेको दिन, अर्थात परिवर्तनलाई आत्मसात गरेको दिन । २०७९ भाद्र ५ संस्थापक सम्पर्क ब्यक्तिको जिम्मेवारीको भूमिका निभाइ नुवाकोट जिल्ला भेला सम्पन्न गरेको दिन, आज ठिक एक बर्ष पूरा भएको छ । यो बिचमा संघीय चुनाव र पालिका तथा वडा भेलाहरु सप्पन्न भइसकेका छन् । धेरै भन्दा धेरै साथिहरु जोडिसक्नु भएको छ । संगठन नै बृहत र ब्यापक भएको छ । जुन खुशी मनमा छ, त्यो शब्दमा व्यक्त गरिसाध्य छैन ।

सुन्दा तीतो तर वास्तविकता के छ भनि बार्षिक समिक्षा हुनु जरुरी छ । पूराना पार्टी छोडेर साथीहरु आउनु भएको छ । तर, पूरानो धङधङी र सोच त्याग्न नसके त्यो परिवर्तन किमार्थ हुन सक्दैन । हामी कुन अर्थमा नयाँ भन्ने प्रदर्शन गर्नु अत्यावश्यक छ, हिजो गर्ने गरेका कामकाज र कार्यशैलीमा पूर्ण परिवर्तन गर्नुछ । बानीमा नै फेरबदल गर्नुपर्नेछ, जुन सहज र सरल छैन । भ्रष्टाचार, बेथितिको बिरुद्धमा आफ्ना आफन्त र साथीभाइ प्रति निर्मम र क्रूर पनि हुनुपर्नेछ , जुन भाषण गर्दा मज्जा आउँछ । तर, व्याबहारमा चिर्न निकै कठिन र चुनौतीपूर्ण छ । सामाजिक रुपमा हाम्रो समाज निकै दलदलमा फसिसकेको छ, स्थापित ठूला दलको आड र भरोसाले आलिसान जिन्दगी बिताउने संग प्रश्न उठाउन सकिएला, तर केबल पार्टीको रहलपहलले जिबिकोपार्जन गरिरहेका सामान्य ब्यक्ति बिरुद्ध लड्नु फलामको चिउरा चपाउनु बराबर छ ।

रास्वपामा आउने बित्तिकै दुधले नुहाए बराबर हुने होइन । पद र शक्ति आर्जन गर्ने उदेश्यले प्रवेश गरेका आफ्नै साथीहरुबाट होसियार रहनुपर्ने सबैभन्दा ठूलो खतरा छ । अरुलाई गाली गरेर, बिरोध गरेर मात्र परिवर्तन भएको महुशुस गराउन खोज्ने झुन्डबाट रास्वपा टाढिनु आवश्यक छ । प्रतिसोधको भावनाले र बदलाको भावनाले, पद नदिएको झोकमा र पूराना पार्टीबाट कारबाही भएर आएका ब्यक्तिहरुको जमात मात्र रास्वपा हुन्छ कि भन्नेमा नेतृत्व सतर्क रहनुपर्नेछ । क्वान्टिटी धेरै तर, क्वालिटी कम हुनुभन्दा राम्रा, ईमानदार, सच्चा कर्मठ, बिश्वाशिलो ब्यक्तिहरुको थोरै संख्या बनाउनेतर्फ संगठन निर्माणको क्रममा र सदस्यता बिस्तारको समयमा बिचार गर्नु बुद्धिमानी हुन्छ । सबै जोडिएका साथीहरुलाइ उचित निर्देशन र प्रशिक्षण गरी सकारात्मक रचनात्मक कार्यमा जोड्न सके परिर्तनको अनुभुती समाजमा दिलाउन सकिन्छ ।

कम बोल्ने, प्रतिक्रिया कम दिने, सामाजिक कार्यमा अग्रसर रहने, आफ्नो पेशागत कार्यमा बिद्वता प्राप्त गर्ने, पाप र गैरकानुनी क्रियाकलाप नगर्ने, आत्मा शुद्धीकरण गरी मनैदेखि पहिला आफू परिवर्तन हुन सके मात्र राजनीति र सामाजिक रुपमा नयाँ परिवर्तन हुनेछ र सबैको मनमा शुभ संकेतको घण्टी बजाउन सकिनेछ ।
(स्मरण रहोस्, हाल म रास्वपा बिधान बमोजिम कुनै पदमा नरही शुभेच्छुकको रुपमा मात्र रहेको छु । )

  • User योसमय सम्वाददाता प्रकाशित: भदौ ६, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !