
विदुर । नुवाकोटमा पनि विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माण भएको छ । हावा घर र बसपार्कमा निर्माण भएका चार्जिङ स्टेशन बुधवारदेखि सञ्चालनमा आएको छ ।
विदुर नगरपालिका वडा नं. ४ बट्टार हावाघर र बट्टार वसपार्कमा नेपाल विद्युत प्राधिकरणले दुई वटा चाजिङ स्टेशन निर्माण गरेकोहो । सो चाजिङ स्टेशनको बुधवार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले एक कार्यक्रमकावीच उद्घाटन गरे ।
इलेक्टिक भेइकल चार्जिङ स्टेशन सञ्चालनमा आएपछि नुवाकोट आउने विद्युतीय सवारी साधन चार्ज गर्न सहज भएको छ । निजी सवारी साधनलाई हावाघरमा रहेको चार्जिङ स्टेशन र सार्वजनिक यातायातको सेवा प्रवाह गर्ने सवारी साधनलाई बसपार्कको चार्जिङ स्टेशनमा चार्जको व्यवस्था मिलाइएको छ ।
हावाघरमा निर्माण भएको चार्जिङ स्टेशन प्राधिकरणकै जग्गामा निर्माण भएको हो भने बसपार्कमा निर्माण भएको स्टेशनको जग्गा विदुर नगरपालिकाले उपलब्ध गराएको हो ।
नुवाकोटमा विद्युतीय सार्वजनिक सवारीसाधनमार्फत सेवा दिँदा विदुर नगरपालिकाले आर्थिक सहयोग समेत उपलब्ध गराउने नगरप्रमुख राजन श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । चार्जिङ स्टेशन स्थापना भएपछि विद्युतीय सार्वजनिक यातायातका साधन खरिद गरी सञ्चालनमा ल्याउने व्यवसायीलाई नगरपालिकाले प्रोत्साहनसमेत गर्ने नगर प्रमुख श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् । चाजिङ स्टेशन उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाका वडाध्यक्षहरु, वडासदस्यहरु, स्टेशन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि, नुवाकोट उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !