२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता भदौ ५, २०८०

बिदुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा आगामी भदौ २२ र २३ गते नुवाकोटमा बागमती मिडिया सम्मेलन आयोजना हुने भएको छ ।
मिडिया सम्मेलनमा प्रदेशभर रहेका स्वरोजगारमूलक संचारमाध्यमहरुको समस्या, पत्रकार महिलाहरुका समस्या, संचार क्षेत्रका चुनौतिहरु र समस्या समाधानमा राज्यका निकायहरुको भुमिकाका सन्दर्भमा ब्यापक छलफल गरिने प्रदेश समितिका अध्यक्ष शिव देबकोटाले जानकारी दिए ।

सम्मेलनमा स्वरोजगारमूलक संचार माध्यमहरुका प्रतिनिधिहरु, पत्रकार महिलाहरु संचार क्षेत्रका बिज्ञहरुसहित बागमती प्रदेश सरकारका प्रतिनिधिहरुको समेत सहभागिता रहने र प्रदेशभरका संचारमाध्यमहरुको दीगोपनाका लागि प्रदेश सरकारको भुमिकाका बारेमा समेत छलफल गरिने बताईएको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: भदौ ५, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !