
शिक्षा ऐनको विरोधमा उत्रिए शिक्षक,आज स्थानीय तहमा धर्ना संसदमा प्रस्तुत नहुँदै चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ,संगठन आन्दोलनमा उत्रिए संगै नेपाल शिक्षक महासंघले पनि रसुवा जिल्लाका सबै स्थानीय तहमा धर्ना दिएको छ ।
सबै शिक्षक संघ,संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा गोसाँईकुण्ड गाँउपालिका लगायत पाँच वटै गाँउपालिकामा पालिकास्तरीय दबाब दिन धर्नामा उत्रिएको नेपाल शिक्षक महासंघ गोसाँईकुण्ड गाँउपालिका उपाध्यक्ष लानम घलेले बताउनुभयो ।

रसुवा जिल्लाको सबै गाँउपालिकामा आज बिहान ११ बजेबाट २ बजेसम्म महासंघको अगुवाइमा धर्ना दिइएको छ । सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा,सार्वजनिक विद्यालयको स्तरोन्नतिल गायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।

शिक्षक संघ,संगठनसँग पटकपटकका सरकारले गरेका सम्झौताका बुँदाहरू शिक्षा ऐनको ड्राफ्टमा समावेश नभएर प्रतिनिधिसभामा लैजाने खोजेपछि आन्दोलनमा उत्रिनु परेको नेपाल राष्टिय शिक्षक संगठनका जिल्ला अध्यक्ष माया शेर्पा तथा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष वसन्त पौडेलले बताउनुभयो । ऐनमा शिक्षकको सेवा सुविधामात्रै नभइ विद्यालयको स्तरोन्नति गर्ने मुद्दा समेत समावेश छैनन् ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !