२०८२ कार्तिक २१, शुक्रबार

२० किलोमिटर सडक तीन वर्षदेखि अलपत्र

  • User ध्रुवकुमार रावल साउन २५, २०८०

सरकारी निकायहरुको समन्वयको अभावमा सञ्चालन हुने विकास निर्माणका आयोजनाहरुमा स–साना अवरोधका कारण वर्षौसम्म विकास कार्यले गति लिन नसक्नु नेपाली समाजको नियति नै बन्न पुगेको छ ।

सरकारी निकायहरुको समन्वयको अभावमा हुने सानातिना अवरोधका कारण विकास निर्माणका योजना समयमै निर्माण हुन सक्दैनन् भने अर्कोतर्फ विकास निर्माणको लागत बढ्ने, अलपत्र पर्ने र योजना अपूरो हुने नियति रहँदै आएको छ । सडक निर्माणको लागि पछिल्लो समय वन क्षेत्र प्रमुख समस्याको रुपमा रहने गरेको छ । त्यसवाहेक विजुलीका पोल, जग्गा विवाद, मुआव्जा, खानेपानी, मठमन्दिर, सिंचाईलगायतका सडकमा पर्ने संरचना स्थानान्तरणको समस्या हुने गरको छ । मन्त्रालयवीच यस्ता सानातिना समस्या समाधान गरिने गरी योजना सञ्चालन गरिएपनि कार्यान्वयनमा भने यस्ता विवादहरु दोहोरिहरने गरेका छन् ।

राष्ट्रिय महत्वको मध्यपहाडी लोकमार्ग निर्माणमा पनि सामुदायिक वन समितिको अवरोधका कारण २० किलोमिटर सडक निर्माणको काम तीन वर्षदेखि अलपत्र भएको छ । स्थानीय सामुदायिक वन उपभोक्ता समितिको अवरोधको कारण मध्यपहाडी लोकमार्ग अन्र्तगतको पिपलटार डेउडी सडक खण्डको काम ठप्प भएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत पिपलटार ( देउडी खण्डको २० किलोमिटर निर्माण कार्य ठप्प भएको छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत नुवाकोटमा ६० किलोमिटर सडक पर्दछ । कालोपत्रे सडक निर्माण तथा विस्तार भैरहेकोमा मान्द्रेढुंगास्थित सुनादेवी सामूदायक वनको कारण पिपलटार ( देउडी खण्डको २० किलोमिटर सडक निर्माणकार्य अवरुद्ध भएको हो । बिदुर नगरपालिका ६ मान्द्रेढुंगास्थित उक्त सामूदायिक वन क्षेत्रमा पर्ने चेनेज नम्वर ४ प्लस ६०० देखि ६ प्लस ००० सम्मको १४ सय मिटर क्षेत्रमा रुख कटानको लागि लगत संकलन कार्यमा खटिएका कर्मचारी टोलीलाई समितिद्धारा वन प्रवेशमा रोक लगाएका कारण निर्माण कार्य पूर्णरुपमा प्रभावित भएको मध्यपहाडी लोकमार्ग सडक आयोजनाका प्रमुख सुनीलकुमार रञ्जितकारले बताए ।
‘उपभोक्ता समितिले सडक निर्माणमा अवरोध गरेका कारण यो क्षेत्रमा सडक निर्माण हुन सकेको छैन’’प्रमुख रञ्जितकारले भने– ‘सडक खन्दा वस्ती नै जोखिममा हुने स्थानीयको भनाई छ ।’

लोकमार्गको पिपलटार (देउडी खण्ड अन्तर्गत पिपलटारबाट बुनीवेशी – मुलथला ( रानीस्वाँरा हुँदै देउडीसम्मको निर्माण कार्य १०र१० किलोमिटर दुईवटा प्याकेजमा निर्माणको काम भइरहेको छ । दुई वटा प्याकेजमा भएको उक्त काम एक अर्व ३५ करोड लागतमा निर्माण भैरहेको हो । सरकारले सकेसम्म व्यक्तिगत तथा आवादी क्षेत्र छलाउँदै निर्माण यो सडक निर्माणको अवधारणा लिएको छ । लोकमार्गको विदुर नगरपालिका वडा नं. ६ स्थित अघिल्लो खण्ड बुनिवेशी – मुलथला वनक्षेत्रमा निर्माण हुने लोकमार्गको कारण सडक निर्माणको क्रममा मान्द्रेढुंगामा रहेको बस्ती पहिरोको जोखिम्मा पर्नेभन्दै सडक निर्माण कार्यमा वन समितिले सो क्षेत्रमा सडक निर्माणमा अवरोध गरिरहेको हो । राज्यद्वारा बस्तीको सुरक्षाको प्रत्याभुति नभई निर्माण कार्य असहज हुने विदुर नगरपालिकावडा नं. ६ का वडाअध्यक्ष श्यामकृष्ण चालिसेले बताए । ‘सामुदायिक वन क्षेत्रमा सडक विस्तार गर्दा माथिबाट पहिलो आउन सक्ने जोखिम रहेकाले स्थानीयको माग वस्ती संरक्षणको रहेको छ ।’ चालिसेले भने – ‘सरकारले सडक निर्माण गर्दा वस्ती जोखिममा नपर्ने प्रत्याभूति नभएसम्म सडक निर्माणको काम अघि बढाउन समस्या छ ।’

विदुर नगरपालिका वडा नं. ५ पिपलटारबाट बुनिवेशी ( मुलथला ( रानीस्वाँरा हुँदै वडा नं. १३ देउडी जोड्ने लोकमार्गमा सुनादेवी सामुदायिक वनसहित झण्डै आधादर्जन सामुदायिक वन समिति पर्दछन् ।

तर, अन्य सामुदायिक वन क्षेत्रमा कुनै समस्या छैन । तर वन विभागद्वारा लोकमार्गको दुवै खण्डको वातावरणीय प्रभाव मूल्यांकन र रुख कटानी आदेशलगायत सम्पूर्ण काम मन्त्री परिषदद्वारा एकैपटक निर्णय गराउने विभागीय तयारीका कारण स्थानीयहरुले अवरोध सिर्जना गरेका हुन् । स्थानीयको अवरोधपछि लोकमार्गको दुवै खण्डको निर्माण कार्य अवरुद्ध भएको छ ।
दुवै खण्डको निर्णय एकैपकट गर्ने विभागीय तयारी तथा अडानसंगै पछिल्लो मुलथला( रानीस्वाँरा क्षेत्रको १० किलोमिटर खण्डको काम पनि प्रभावित भएको हो । जसको कारण अहिले पिपलटार(देउडीको २० किलोमिटरमा निर्माण कार्य अवरुद्ध हँुदै आएको छ ।

पूर्वमा नेपाल–भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोलेर सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिने योजना सरकारले बनाएको छ । करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्रयाक खोलेर शुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा निर्माणको काम भइरहेको छ ।

मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ । त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ ।

यो लोकमार्गको मध्यविन्दु नुवाकोटको पाटीभन्ज्याङलाई बनाइएको छ । शुरुमा काठमाडौं जोड्ने भनिए पनि पछि काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोट धादिङ हुँदै अगाडी बढ्ने छ ।

  • User ध्रुवकुमार रावल प्रकाशित: साउन २५, २०८०

प्रतिक्रिया दिनुहोस्

1 प्रतिक्रिया

  • बुनिबेशी होइन, बुहुनीबेशी हो । अर्को चाँही ठेकेदारले बुहुनीबेसीमा बालुवा तस्करीका लागि आवश्यक भन्दा बढी जग्गा खनेको र बिजोग बनाएर छाडेको छ । यी विषय छुटे है