
विदुर / नुवाकोटको विभिन्न स्थानहरुमा अहिले घुम्न आउनेहरुको संख्या निक्कै वढेको छ । केही वर्ष पहिलेसम्म नुवाकोटको साततले दरवार क्षेत्रलगायतका ठाउँमात्रै घुम्नको लागि आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाई हुने थियो । तर, अहिले परिस्थिति बदलिएको छ । स्थानीयस्तरमा पर्यटकको रोजाईमा पर्ने खालका विभिन्न खालका संरचना निर्माण भइरहेका छन् भने भएका पूराना संरचना पनि प्रचारप्रसारको क्रमले निरन्तरता पाउन थालेपछि यस्ता स्थानहरुको महत्व बढेको गएको छ । अहिले विदुर नगरपालिका वडा नंम्वर ९ स्थित डिसिलट्यांकी, नुवाकोटको वाटो हँुदै जाने रसुवाको भांगे झरना । आन्तरिक पर्यटनको राम्रो सम्भावना बोकेका ठाउँ हुन् ।
पछिल्लो पटक घिुम्न जाने र सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने अर्को स्थान वनको छ, फूलवारी गेट स्थित थालडाँडाँ । फूलवारी गेटमा रहेको थालडाँडाँमा अहिले आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ । विशेष गरी अहिले युवा युवतीहरुको घुम्न जाने पहिलो रोजाई नै यो ठाउँ बन्न पुगेको छ ।
विदुर नगरपालिका वडा नं. १० मा रहेको सो स्थानमा अहिले दैनिक सर्यौ युवायुवतीहरु घुम्न जाने र सामाजिक सञ्जालमा फोटो पोष्ट गर्न थालेका छुन् । सदरमुकाम विदुरदेखि चार किलो मिटर नजिक रहेको सो स्थानवाट नजिकका दृश्यहरु अवलोकन गर्न सकिन्छ । एकातिर कलकल वगिरहेको त्रिशुली खोला, आंगापुटार, जुंगेटारको हरियाली फाँट, माछापोखरीको मनोरम दृश्य, त्रिशुली वजार नु्वाकोटको डाँडा त्यहावाट देखिने दृश्यहरु देख्न सकिने भएकाले यो ठाँउमा सेल्फी खिच्ने र घुम्न जाने पर्यटकको संख्या दिनदिनै बढ्न थालेको छ ।
सुन्दरी क्यौरेनी मावि गेर्खुटारको नाममा रहेको सो जग्गा चारैतिर डाँडाँ र विचमा समथर जमिन रहेको छ । २०१८ साल भन्दा अघिसम्म सो डाँडो र गेर्खुटार सिम्मुटार एकै थियो । पछि बाटो बनाउदा छुट्टिएको विदुर नगरपालिका वडा नं. १० का वडाअध्यक्ष गणेश नेपालले बताए । ‘हामीले एकपटक यसलाई जिल्लाकै नमूना पार्क वनाउने र आन्तरिक पर्यटकको पहिलो रोजाईको थलो वनाउने योजना वनाएका थियौंं’ वडाअध्यक्ष नेपाल भन्छन्– ‘तर, स्कूलको नाममा रहेको कारण पार्क निर्माण गरी पर्यटकीय स्थल बनाउने योजना अधुरो रह्यो ।’ विद्यालयसँग समन्वयमा यसको योजना निर्माण गरी कसरी कायान्वयन गर्न सकिन्छ भनेर पहल भइरहेको अध्यक्ष नेपालले बताए ।
‘यो स्थानलाई स्थानीय निकायले चासोका साथ हेरेर पार्कको रुपमा विकास गर्न सक्यो भने आन्तरिक पर्यटकको पहिलो रोजाई बन्ने छ ।’ विदुर नगरपालिका वडा नं. १ का स्थानीय युवा शंकर थपलिया भन्छन् – ‘अहिले दैनिक सर्यौ युवा युवती त्यहाँ आउने गरेका छन ।’ स्थानीय निकायाले पहिलो पटक त्यहाँ वस्ने केही कुर्सीहरु, आराम गर्ने हावाघर र चारैतिर पक्की वार लगाउने मात्र हो भने पनि सो स्थानलाई ‘सेल्फी डाँडा’ को रुपमा विकास गर्न सकिने थपलिया बताउँछन् ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !