२०८२ कार्तिक २१, शुक्रबार

विदुर नगरभित्रका ५३ प्रतिशत विरामी

  • User योसमय सम्वाददाता साउन १४, २०८०

विदुर / नुवाकोट जिल्लामा डेंगीका विरामीको संख्या बढ्दै गएपछि यसको नियन्त्रणको लागि विदुर नगरपालिकाले आवश्यक पूर्व सावधानीका उपायहरुको खोजी गर्न थालेको छ ।

विदुर नगरपालिका स्वास्थ्य सेवा इकाईले आइतवार जिल्लास्थित सरोकारवाला निकायको समन्वय वैठक आयोजना गरी प्रत्येक शुक्रवार हरेक सरकारी कार्यालयहरुमा विहान १०ः३० बजे १० मिनेट सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिदुर नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा डेंगु ज्वरोका विरामीहरु बढेपछि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको अन्र्तक्रियात्मक वैठकले शुक्रवार साढे १० बजेदेखि १० मिनेटसम्म सबै सरकारी तथा अन्य कार्यालयहरु सरसफाई गर्ने निर्णय गरेको विदुर नगरपालिका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले बताए ।

जिल्लाका सरोकारवाला कार्यालयसहित जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, सशस्त्र प्रहरी प्रमुख, रेडक्रसकर्मी, वडाअध्यक्षहरु, सञ्चारकर्मीहरुको उपस्थितिमा भएको वैठकले १६ गतेदेखि नमुनाको रुपमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्कने अभियानसमेत सञ्चालन गरिने भएको छ । विषादी छर्कने अभियान हरेक वडाको सहरी क्षेत्रमा वडाअध्यक्षको संयोजकत्व, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला संघसंस्था, नागरिक समाजको संलग्नतामा गर्ने र डेंगी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णयसमेत भएको छ । नुवाकोटमा अहिलेसम्म ८५ जना डेंगीका विरामी रहेका छन् । यी मध्ये ५३ प्रतिशत विरामी विदुर नगरपालिकाभित्रका रहेको विदुर नगरपालिकाले जनाएको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: साउन १४, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !