२०८२ कार्तिक २१, शुक्रबार

नगरपालिकाको दोस्रो पटक ‘भुकम्प पिडित’ लाई उर्दी

  • User योसमय सम्वाददाता असार २१, २०८०

विदुर । विदुर नगरपालिकाले बान्द्रे नजिक रहेका अस्थायी संरचना एक साताभित्र हटाउन स्थानीयलाई निर्देशन दिएको छ । सरकारले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय नुवाकोटलाई भाडामा दिएको जग्गामा निर्माण भएका संरचना हटाउन स्थानीयलाई सात दिनको समय दिएको हो ।

नेपाल सरकारको २०७९ साल भदौ २७ गतेको मन्त्रिपरिषद्को वैठकले विदुर नगरपालिका वडा नं. १ मा रहेको कित्ता नं. ५० को एक सय ४२ रोपनी १० आना २ पैसा जग्गा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आंगिक पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय नुवाकोटलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार विदुर नगरपालिकाले दोस्रो पटक सुचना जारी गर्दै उक्त क्षेत्रफलका जग्गामा बनेका घर, टहरा तथा अन्य अस्थायी संरचना एक साताभित्र हटाउन निर्देशन दिएको हो ।

नेपाल सरकारको २०७९ साल भदौ २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयले सो ५० नं. कित्ताको जग्गा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय नुवाकोटलाई उपलब्ध गराउने निर्णय गरेकोमा सो निर्णय कार्यान्व्यनको लागि २०८० साल वैशाख १६ गते जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा वैठक वसी सो निर्णय कार्यान्वयनको लागि ३५ दिने सुचना जारी भएको थियो । जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा बसेको सर्वदलीय वैठकले शिक्षालयलाई भाडामा दिने स्वीकृत जग्गामा निर्माण भएका संरचना हटाउनको लागि ३५ दिने सुचना दिइएको थियो । निर्माण भएका निजी संरचना हटाउन ३५ दिने सुचना जारी भएपनि सो क्षेत्रमा अझैसम्म कतिपयले संरचना नहटाएपछि विदुर नगरपालिकाले पुनः सातदिनको म्याद दिएर संरचना तत्काल हटाउन स्थानीयवासीलाई आग्रह गरेको छ ।

अन्तिम पटकको लागि दिइएको सात दिने अल्टिमेटमको समयसीमा नाघेमा स्थानीय प्रशासनको सहयताले निर्माण भएका अवैध संरचना भत्काइने विदुर नगरपालिकाद्वारा दोस्रो पटक जारी सुचनामा उल्लेख गरिएको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: असार २१, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !