२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता असार १९, २०८०

विदुर । सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन जिल्लाका सरोकारवालावीच सचेतना कार्यक्रम विदुरमा सुरु भएको छ । सोमवारदेखि स्वास्थ्य कार्यालय नुवाकोटले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सुरक्षित गर्भपतन गराउँदै आएका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, अधिकारकर्मीहरुको सहभागिता रहेको छ । अभिमुखीकरण मंगलवारसम्म सञ्चालन हुनेछ ।

अभिमुखीकरणमा सुरक्षित गर्भपतनबाट हुने फाइदा, यसका कानुनी व्यवस्था, सामाजिक मूल्य र मान्यता तथा समाजको व्यवहार रुपान्तरणको बारेमा जिल्ला सरकारी वकिलको कार्यालय, स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुले सहजीकरण गरिरहेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि विकास बञ्जाडेले प्रचलित कानुनमा गर्भपतन सवन्धी व्यवस्था र अवैध रुपमा गरिने गर्भपतनको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा १२ हप्तासम्मको गर्भ महिलाको स्वेच्छिक अधिकारमा पर्ने र १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन महिलाको जीवन असुरक्षा, विकलाङक बच्चा जन्मने आधार, दीर्घरोगी हुन सक्नेलगायतको कारण खुलाई चिकित्सकको सिफारिसमा गर्न सकिने बताए । महिलालाई धम्की, डर त्रास, मानसिक यातना दिएर गर्भपतन गराउन नहुने तथा गर्भभित्रै लिंगको पहिचान गरी गर्भपतन गराउन नहुने बारेमा पनि प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा गर्भपन गराउँदा हुन नराकात्कम धारणाको अन्त गर्दै सामाजिक मूल्य मान्यताको नाममा हुने क्रियाकलाप तथा बुझाईमा एकरुपता ल्याउन सहयोग पुग्ने स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए । कार्यक्रममा अहिले पनि नेपालका धेरै गाउँमा असुरक्षित गर्भपतनका कारण महिलाहरुको ज्यान खतरामा पर्ने गरेकोले सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाई सरोकारवाला सबैले समुदायलाई जागरुक बनाउनुपर्ने धारणा राखेका थिए । अशिक्षा, गरिवी, जनचेतनाको कमी,सामाजिक कुरिती,परम्परागत मूल्य र मान्यता, स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको अभाव, भौगोलिक विकटता, सामाजिक संघसंस्था र सरोकारवालाको कमजोर भूमिकालगायतका कारणले सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन नसकिएको र यसका कारण वर्षेनी महिलाहरुको मृत्यु हुने गरेको धारणा सरोकारवालाहरुले राखेका थिए ।

  • User योसमय सम्वाददाता प्रकाशित: असार १९, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !