२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता असार १९, २०८०

विदुर । विदुर नगरपालिका वडा नं. ४ वट्टार हावाघरमा निर्माण भएको व्यामशाला अलपत्र परेको छ । लामो समयदेखि प्रयोगविहीन भएपछि व्यायामशाला जीर्णसमेत हुँदै गइरहेको छ ।

दुई वर्ष अघि विदुर नगरापालिकाले सो व्यापामशाला निर्माण गरेको थियो । तत्कालीन नगरप्रमु्ख सञ्जु पण्डितले नगरापालिकाको वडा नं. ४ का स्थानीयवासीलाई विहान वेलुकी स्वस्थ्य शरीरको लागि व्यायाम गर्न सो व्यायामशाला तयार भएको थियो । मोटोमन घटाउन तथा अन्य शारिरीक तन्दुरुस्ती कायम गर्न बनेको व्यायामशाला अहिले बेवारिसे बनेको हो ।

झण्डै दश लाखको लागतमा निर्माण भएको व्यायामशाला कोही भत्किएका छन् त, केही खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ । अलपत्र र जीर्ण रहेको यो व्यायामशालामा बालबच्चा वा अन्य व्यक्ति होसियार नहुँदा कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने भएपनि सम्वन्धित निकायले यसमा चासो दिएको छैन । कुनै पनि सार्वजनिक ठाउँमा भएका धराप तथा भग्नावशेष र जीर्ण संरचना हटाउने वा मर्मत गर्न भूमिका खेल्नुपर्ने वडा कार्यालयसमेत वेखवर भएको स्थानीयवासीहरुको बुझाई छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: असार १९, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !