२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता असार ११, २०८०

पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका ८ वटा सामुदायिक विद्यालय क्षेत्रमा वृक्षारोपण गरिएको छ ।

दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाका मा संचालित एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत बिद्यालयहरुमा गठित बाल क्लब परिचालन गरी वृक्षारोपण गरिएको हो । जिल्ला वन कार्यालय नुवाकोटबाट प्राप्त भएका धुपी, कपुर, कल्की, अशोका, तेजपत्ता, अम्बालगायतका दुई सय विरुवा रोपिएको हो ।

विद्यालय परिषरमा रोपिएको विरुवा हरेक बिरुवाको एक बालक्लव सदस्यले हुर्काउने गरी जिम्मेवारी तोकिएको छ । पञ्चकन्या गापा–२ कविलासको कालिका मावि, नवसंजिवनी मावि, राष्ट्रिय मावि, पञ्चकन्या मावि, कुण्डला मावि र भेडावारी मावि, इन्दायणी माविको परिषरमा विरुवा रोपिएको रुडेक नेपालले जनाएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा रुडेक नेपालद्वारा सञ्चालित कार्यक्रम अन्र्तगत पञ्चकन्या को १,२,३,र ५ नम्बर वडाको ७ वटा माध्यमिक विद्यालयहरुमा वृक्षारोपण गरिएको हो । कार्यक्रममा रुडेक नेपालको अध्यक्ष मीनकुमार केसी, पञ्चकन्या गापा वडा नं. २ को अध्यक्ष रामशरण श्रेष्ठ, रुडेक नेपाका शिक्षा अधिकृत राजेन्द्र पौडेललगायत सात वटै बिद्यालयका प्रअ तथा बालक्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले सरकारको हरित बिद्यालय भन्ने नारालाई साकार पार्नका लागि वृक्षारोपण कार्यक्रमले भूमिका निर्वाह गरेको बताउँदै वाल क्लब परिचालनमा पनि सहयोग पुग्ने, बजेट पनि खर्च नहुने वातावरणमैत्री यस्ता कार्यक्रम अन्य बिद्यालयले पनि गर्नुपर्ने बताए ।

  • User योसमय सम्वाददाता प्रकाशित: असार ११, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !