
विदुर । नुवाकोट उद्योग वाणिज्य संघले नुवाकोटलाई पोके तथा घुमुवा व्यापारी निषेधित जिल्ला घोषणा गरेको छ । यसैक्रममा संघले शनिवार पोके तथा घुमुवा व्यापारी निशेषधित जिल्ला लेखिएको होडिङ बोर्ड गल्छी– देवीघाट सडक खण्डको कोल्पुटार नाकामा राखेको छ ।
नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको अगुवाइमा कोल्पुटारमा राखेको हो । जिल्लाको पूर्वी नाका शिबपुरीको गुर्जेभन्ज्याङमा पनि केही दिनभित्रै यस्तै प्रकृतिको होडिङ बोर्ड राखिने संघले जनाएको छ । ‘घुमुवा तथा पोके व्यापारीका कारण व्यवसायी साथीहरु मर्कामा परेको भन्ने गुनासो बढेपछि हामीले कारवाहीको अभियानलाई अघि बढाएका हौँ’– संघका अध्यक्ष श्रेष्ठले भने ।
केही दिनदेखि पोके तथा घुमुवा व्यापारीहरू विरुद्धको कारवाहीलाई तिब्र बनाएको नुवाकोट उद्योग वाणिज्य संघले बाहिरी जिल्लाका ४० जना पोके ब्यावसायीलाई अर्को पटकदेखि जिल्ला प्रवेश गर्न नपाउने शर्तमा छाडेको जनाएको छ ।
पोके व्यापारीहरुको पहिचान गर्ने, सचेत गराउने र कारवाही गर्ने अभियानका लागि संघले उप्रेतीको संयोजकत्वमा १९ सदस्यीय उपसमितिसमेत गठन भएको थियो । व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता गरेर तोकिएको ठाउँमा मात्र गर्नुपर्ने भएतापनि विना दर्ता र कर, बिल नै जारी नगरी कपडा लगायत विभिन्न सामग्री बिक्रीका लागि नुवाकोटका बजार तथा गाउँ छिर्न लागेका व्यापारीलाई नियन्त्रण गरिने नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

बजार तथा गाउँहरुमा बोकेर व्यापार गर्दा व्यवसायीहरु मारमा परेको गुनासो संघमा प्राप्त भएपछि संघले कारवाहीलाई तिब्र बनाइएको हो । घर भाडा, सरकारी राजश्व तथा अन्य कानुनी दायरा पूरा नगरेका व्यवसायीहरुका सक्रिय हुँदा यसबाट व्यावसायीहरुलाई प्रत्यक्ष मार पर्ने र उपभोक्ताहरु समेत मूल्य र गुणस्तरमा ठगिने गरेको गुनासो आएको कारण संघले पोके व्यापारी नियन्त्रण अभियान सञ्चालन गर्नु परेको संघका प्रथम उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।
पोके व्यापारीहरूले कपडा, भाडाकुडा तथा अन्य वस्तुहरू घरघरमै लगेर बिक्री वितरण गर्ने हुँदा बजार चहलपहल समेत कम हुने र स्थानीय बजारमै सस्तो र गुणस्तरहीन सामान बेच्दा राज्यलाई वर्षैनी लाखाँै रुपैयाँ कर गुमाउनु परेको संघले जनाएको छ ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !