२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता जेष्ठ ३२, २०८०

विदुर । बेलकोटगढी नगरपालिका वडा नं. १० मा रहेको तादी खोलामा रहेको प्रसुन निर्माण सेवाले सञ्चालनमा ल्याएको निरञ्जना रोडाढुंगा उद्योग बन्द गराउन राष्ट्रिय स्वतन्त्र पार्टी बेलकोटगढी नगर समितिले स्थानीय प्रशासनमा उजुरी दर्ता गराएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी बेलकोटगढी नगर समितिले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा स्थानीय वासीलाई उक्त क्रसरले स्थानीयवासीलाई कुनैपनि सेवा नदिई ध्वनी तथा बायु प्रदुषण गरी कानुनको दुरुपयोग गरेको उल्लेख गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी नगरसभापति कृष्णप्रसाद पन्थद्वारा हस्ताक्षरित उजुरीमा उक्त क्रसरले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी खेतीयोग्य जमीनमासमेत बालुवा उत्खनन् गरेको आरोप लगाइएको छ । प्रसुन निर्माण सेवाले करसमेत छली गरी विल नकाटी सामान निकासी गर्ने गरेकोले अवैध रुपमा सञ्चालनमा आएको क्रसर बन्द गर्न सो पार्टीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको हो ।