
विदुर । राष्ट्रिय स्वतन्त्र पार्टीले पञ्चकन्या र लिखु गाउँपालिकामा पालिकास्तरीय कमिटि गठन गरेको छ । लिखु र पञ्चकन्याको संयुक्त भेलाले लिखु गाउँपालिकामा विष्णुकुमार श्रेष्ठ र पञ्चकन्या गाउँपालिकामा निलकण्ठ मिश्रको सभापतित्वमा नयाँ पालिकास्तरीय कमिटि गठन भएको हो ।
पञ्चकन्या गाउँपालिकाको सभापतिमा निर्वाचित मिश्र यस क्षेत्रका नेपाली कांग्रेसमा लामो समय योगदान दिएका व्यक्ति हुन् । उनी विगत ११ वर्षदेखि नेपाली कांग्रेससँग असन्तुष्ट रहँदै आएकोमा गत निर्वाचतमा कांग्रेसको क्रियाशील सदस्यता नविकरण गरिएको थियो । ‘मैले नविकरण गर्दिन भनेको थिएँ, मिश्र भन्छन्– ‘साथीभाइले जवरवस्ती नविकरण गराइदिएछन् ।’ स्वच्छ छवि भएको कांग्रेस पार्टी मैले चाहेको थिएँ, मिश्र भन्छन्– ‘फेरी गठबन्धन बन्यो, मैले फेरी भोट हाल्दिन जानेको गर भनेकै हो ।’

नेपाली कांग्रेसको पञ्चकन्या गाउँपालिका इकाई कोषाध्यक्षसमेत रहेका मिश्र कांग्रेससँग असन्तुष्ट हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका हुन् । २०२७ सालदेखि कांग्रेसमा क्रियाशील रहँदै हरेक आन्दोलनमा सहभागी हुँदै आएकोमा ११ वर्ष अघि भ्रष्टाचार बढाउने, विधि विधानमा सञ्चालन नभएको र विपिको विचारबाट कांग्रेस पछि हटेपछि कांग्रेस छाडेको उनी बताउँछन् । स्वतन्त्र पार्टीलाई मर्न दिनु हुँदैन, यदि यो म¥यो भने नेपाल फेरी ३०–३५ वर्ष पछाडि छकेलिने उनी बताउँछन् । अहिले चारैतिरबाट स्वतन्त्र पार्टीमाथि प्रहार भइरहेको प्रति उनले आक्रोश पाख्दै ठूला तीन दल र मधेशवादी दलको घेराभित्र देश रहँदा देशमा कुनै पनि विकास नहुने उनी बताउँछन् । स्वतन्त्र पार्टीले अवको निर्वाचनमा दुई तिहाई लेराउने उनको दावी छ । पञ्चकन्यामा एक जना सदस्य चुनिन बाँकी रहेको सो पार्टीले जनाएको छ ।
१५ वर्षदेखि नेपाली कांग्रेस क्रियाशील थानसिंका विष्णुकुमार श्रेष्ठ पनि लिखु गाउँपालिकाको सभापति बनेका छन् । दुई कार्यकाल नेपाली कांग्रेस थानसिंको सचिव त्यसपछि थानसिंको वडा सभापतिसमेत भएका श्रेष्ठ नेपाली कांग्रेस नेतृत्वको काम गराईको तरिका चित्त नबुझेर स्वतन्त्र पार्टीमा लागेको बताउँछन् ।
महेन्द्र माविको व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका उनी पछिल्लो समय कांग्रेसको क्रियाशील सदस्य मात्रै रहेका थिए । राष्ट्रि«य स्वतन्त्र पार्टीले सञ्चालन गरेका गतिविधिप्रति आकर्षित हुँदै बढ्दो राजनीतिक विकृतिको अन्त्य गर्नको लागि आफू स्वतन्त्र पार्टीमा लागेको उनले बताएका छन् ।
स्वतन्त्र पार्टीको लिखु पालिकास्तरीय कमिटिको उपसभापतिमा भवानी लामिछाने, सचिवमा विधान खड्का, कोषाध्यक्षमा कुमार पौडेल, र सदस्यहरुमा गोविन्दप्रसाद लामिछाने, प्रदिप लामिछाने, सुदर्शन श्रेष्ठ, सन्तबहादुर तामाङ, बोधकुमार ओझा, सुमन भण्डारी रहेका छन् ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !