
विदुर । नुवाकोटको पञ्चकन्या गाउँ पालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुका लागि ५ दिने आइसिटि प्रयोग सम्वन्धी तालिम दिइएको छ ।
पञ्चकन्या गाउँपालिकाको आयोजना तथा ‘गुड नेवर्स इन्टरनेशनल’ नेपालको सहयोगमा गाउँपालिकाका २७ विद्यालयका शिक्षकहरुलाई आइसीटि तथा इएमआइएस व्यवस्थापन सम्वन्धी तालिम दिइएको हो । रुडेक नेपालको सहजीकरणमा गाउँपालिकाका २७ विद्यालयका शिक्षकहरुलाई आइसीटि सम्वन्धी तालिम दिइएको रुडेक नेपालले जनाएको छ ।
जेठ १४ गतेदेखि पञ्चकन्या मा.बि मा संचालित तालिममा १५ जना पुरुष शिक्षक तथा १२ जना महिला शिक्षकहरुको सहभागिता रहेको रुडेक नेपालका शिक्षा अधिकृत राजेन्द्र पौडेलले जानकारी दिए । तालिमका सहभागीहरुलाई कम्प्युटर प्रयोगको सामान्य जानकारी, इमेल आदानप्रदान गर्न,वर्ड तथा एक्सलमा काम गर्न, सरकारले विद्यालयहरुमा अनिवार्य लागू गरेको आइएमआइएस भर्ने तरिका, सिकाई पोर्टलहरु , शिक्षक हरुलाई स्मार्ट बोर्डबाट पढाउने तरिकालगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।


तालिममा कम्प्युटरको ज्ञानको साथै प्रविधिमैत्री सामग्रीहरुको प्रयोग गरी सिकाई उपलब्धी हाँसिल गर्ने विषयमा केन्द्रीत रहेको थियो । सो तालिम को सहजीकरण जिएनआई नुवाकोटका प्रतिनिधि दिपक पौडेलले गरेका थिए । तालिमको उद्घाटन रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले गरेका थिए भने तालिम समापन पञ्चकन्या गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मराज रिमालले गरेका थिए ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !