
काठमाडौं । एलिट क्यापिटल लिमिटेडले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति) गरेकोछ ।
बुधवार एलिट क्यापिटल र रिलायवल लाईफबिच यस सम्बन्धि सम्झौता भएको हो । एलिटले रिलायवलको ५४ करोड बराबरको धितोपत्रप्र त्याभूति गरेको हो । यस सम्बन्धि सम्झौतामा रिलायवल लाईफका सिईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गर्नुभयो ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोछ ।
कम्पनीले अंकित मूल्य रू १०० मा थप रू ११२ प्रिमियम थपेर प्रतिकित्ता रू २१२ मा ६० लाखकित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत साउन १२ गते निवेदन दिएको थियो ।
विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेकोछ । कम्पनीले आईपी ओनिष्कासन गर्नकालागि रेटिङ सम्पन्न गराइसकेकोछ । उक्त आईपीओलाई केयररेटिङ नेपालले केयर एनएपी त्रिपल बीरेटिङ प्रदान गरेकोहो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेकोछ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम पूँजी रू. २ अर्ब पुर्याउनका लागि रू. ६० करोड बराबरकोआईपीओ निष्कासन गर्नलागेको हो ।





0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !