२०८२ कार्तिक २१, शुक्रबार

पछिल्लो १० वर्षमा नुवाकोटको जनसंख्या १४ हजार ८० ले घटेको छ ।

  • User योसमय सम्वाददाता जेष्ठ १४, २०८०

विदुर । पूर्ण साक्षर जिल्ला घोषणा गरिएको नुवाकोटमा ६९ प्रतिशत जनसंख्या मात्रै साक्षर रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन अनुसार नुवाकोटमा साक्षरता प्रतिशत ६९ दशमलव सुन्य ७ प्रतिशत जनसंख्या मात्रै साक्षर रहेका छन् ।

यस्तै, नुवाकोटको जनसंख्या घट्दो अवस्थामा रहेको पाइएको छ । २०६८ सालको गणना अनुसार जिल्लाको जनसंख्या २ लाख ७७ हजार ४ सय ७१ रहेकोको २०७८ सालको जनगणनाले जनसंख्या २ लाख ६३ हजार ३ सय ९१ मात्रै रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । पछिल्लो १० वर्षमा नुवाकोटको जनसंख्या १४ हजार ८० ले घटेको छ ।

जिल्ला तथ्यांक कार्यालय नुवाकोटले आइतवार विदुरमा एक कार्यक्रमका वीच जनगणनाको नतिजा सार्वजनिक गर्दै १ लाख २८ हजार ९ सय ९८ पुरुष, १ लाख ३४ हजार ३ सय ९३ महिला रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

तथ्याङ्क अधिकृत दिपेन्द्रसिंह धामीले प्रस्तुत गरेको विवरणमा जिल्लामा ६८ हजार ६ सय ७९ परिवार रहेका छन् । विदेशमा बस्ने नुवाकोटेको संख्या १५ हजार ६ सय ८ जनामा तीन हजार चार सय ४६ जना महिला र १२ हजार १ य ६२ जना पुरुष वैदेशिक रोजगारीमा रहेका छन् ।

जिल्लाको १२ स्थानीय तह मध्ये सबै भन्दा बढी जनसंख्या विदुर नगरपालिमा ५९ हजार २ सय २७ र सबै भन्दा कम म्यागङ गाउँपालिकाको जनसंख्या १२ हजार ६ सय ६८ रहेको छ । वेलकोटगढी नगरपालिकाको ३५ हजार २ सय २४, दुप्चेश्वर गाउँपालिकाको २१ हजार ५, ककनी गाउँपालिकाको २४ हजार ५ सय ४, किस्पाङ गाउँपालिकाको १४ हजार २ सय ३५, लिखु गाउँपालिकाको १७ हजार ७ सय २८ र पञ्चकन्या गाउँपालिकाको १३ हजार ८ सय १८ जनासंख्या रहेको छ ।

यस्तै शिवपुरी गाउँपालिकाको १७ हजार २ सय ३, सूर्यगढी गाउँपालिकाको १४ हजार ९ सय १९, , तादी गाउँपालिकाको १५ हजार ९ सय ३३, तारकेश्वर गाउँपालिकाको १४ हजार १ सय ८४ जनसंख्या रहेको छ ।

साक्षर जिल्ला घोषणा भएको नुवाकोटमा ६९ प्रतिशतमात्रै साक्षर रहेको तथ्यांक जनगणनाले दिएको कार्यालयले जनाएको छ । यस्तै खुल्ला दिशामुत्तः जिल्ला घोषणा गरिएपनि एक हजार ७२ परिवारसँग शौचालय नै नभएको र १५ हजार ०३६ परिवारले अझै खाल्टे चर्पीको प्रयोग गर्ने गरेको तथा २ सय २८ परिवारले सार्वजनिक शौचालयको प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: जेष्ठ १४, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !