२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता जेष्ठ १३, २०८०

म्यागङ । नुवाकोटको म्यागङ गाउँपालिका वडा नं. ५ कागुनेबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।

शुक्रवार राति प्रहरी चौकी सामरीबाट खटिएको प्रहरी चेकिङ टोलीले जिल्लाको म्यागङ गाउँपालिका वडा नं.५ सामरी स्थित कागुनेबाट धादिङ लैजादै गरेको अवस्थामा सालको काठ बरामद गरेको हो ।

बा ३ क ३२९६ नं.को आईचर गाडीलाई चेकजाँच गर्ने क्रममा सालको चिरुवा ७४ थान काठ अवैध काठसहितको गाडी, चालक र अर्का एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीले आईचर गाडी, गाडीका चालक म्यागाङ गाउँपालिका वडा नं.३ बस्ने वर्ष २१ को योगेश तामाङ र सोही गाडीमा सवार बिदुर नगरपालिका वडा नं.१३ बस्ने वर्ष ५० को मैत तामाङ समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, नुवाकोट पठाइने प्रहरीले जनाएको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: जेष्ठ १३, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !