२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता जेष्ठ ११, २०८०

तारकेश्वर । तारकेश्वर गाउँपालिकाका नागरिकहरुको स्वास्थ्य सेवा प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

नेपाली कांग्रेस तारकेश्वर गाउँ कार्यसमितिका सभापति तथा समाजसेवी केशवराज अर्यालको पहलमा विभिन्न स्वास्थ्य सामग्री गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको हो ।

बुधवार गाउँपालिका अध्यक्ष शिव अधिकारी तथा उपाध्यक्ष हरिप्रसाद रिमालको रोहवरमा अर्यालले अक्सिजन कन्सनटे««टर ४ थानसहित मास्क, सेनिटाइजर, सीटामोललगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
अर्यालले प्रदान गरेका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सनटे«टर १० लिटरको ४ थान, एन नाइन्टी फाइभ माक्स २ हजार थान, सर्जिकल मास्क ८ हजार थान, सेनिटाइजर २५ लिटर, ट्वाइलेट क्लिनर २५ लिटर, गम बुट १० जोडी र सीटामोल १० हजार ट्यावलेट प्रदान गरिएको हो ।

विभिन्न व्यक्ति तथा समुदायबाट संकलन गरिएको स्वास्थ्य सामग्री आवश्यकता र पहिचानको आधारमा प्रयोग गर्नको लागि गाउँपालिकालाई हस्तान्तरण गरिएको समाजसेवी अर्यालले बताए ।

अर्यालबाट प्राप्त भएको स्वास्थ्य सामग्री हस्तान्तरण पछि गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले स्वास्थ्य सामग्री उपलब्ध गराउने अर्यालप्रति सम्मान व्यक्त गर्दै प्राप्त भएको स्वास्थ्य सामग्री आवश्यकताको आधारमा वितरण गरिने बताउँदै स्वास्थ्य सामग्री उपलब्ध गराएर तारकेश्वरवासीको स्वास्थ्य सेवाका पु¥याएको योगदानको स्मरण गरे ।

  • User योसमय सम्वाददाता प्रकाशित: जेष्ठ ११, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !