२०८२ कार्तिक २१, शुक्रबार

अध्यक्ष तेजबहादुर तामाङले नाटक हेरेपछि प्रतिक्रिया दिँदै भने– ‘हामी शिक्षाको गुणस्तर बढाउन प्रतिवद्ध छौँ ।’

  • User योसमय सम्वाददाता जेष्ठ ११, २०८०

पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडक नाटक सङ्कल्प प्रदर्शन गरिएको छ ।

जेठ ७ गतेबाट प्रदर्शन सुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा प्रदर्शन गरिएको हो । ‘विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चार वटा मध्ये एउटा खम्बामात्रै कमजोर भयो भने पनि हामीले गुणस्तरीय शिक्षा प्राप्त गर्न गर्न सक्दैनौँ ।’ गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले नाटक हेरेपछि प्रतिक्रिया दिँदै भने– ‘हामी शिक्षाको गुणस्तर बढाउन प्रतिवद्ध छौँ ।’ अध्यक्ष तामाङले शिक्षक, विद्यार्थी र अभिभावक सबैको एक मन भएमात्र शिक्षाले सार्थकता पाउने बताउँदै आफ्ना छोराछोरीको पढाई, आचरणलगायतका विषयमा बुझेर शिक्षाको गुणस्तर वृद्धि गर्न अभिभावकहरुलाई सल्लाह दिए ।

नाटकका बारेमा उपाध्यक्ष विमला केसीले शिक्षाका क्षेत्रमा रहेका धेरै विकृतिहरु पन्छाउन पर्ने बताउँदै छोराछोरीलाई निजी स्कुलमा भर्ना गर्दैमा पढाइ राम्रो हुन्छ भन्ने मान्यता त्याग्न अभिभावकसँग आग्रह गरिन् । उनले मेहनत गर्ने हो भने सामुदायिक विद्यालयहरुले पनि उत्कृष्ट नतिजा दिन सक्छन् भन्ने सन्देश नाटकले दिएको बताइन् ।

पञ्चकन्या गाउँपालिकाको प्रमुख कार्यकारी अधिकृत राममणि काफ्लेले नाटक प्रदर्शनको प्रतिकृया एकदम राम्रो आएको जानकारी आफूले पाएको र नाटक विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीका लागि उपब्धीमूलक रहेको रहेको बताए ।

नाटक हेर्न अभिभावकहरुकोबाक्लो उपस्थिती रहेको थियो भने विभिन्न वडाध्यक्षहरुको पनि सहभागिता थियो । नवसञ्जिवनी मावि आँप्रहमा नाटक हरेर आफ्नो प्रतिकृया दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद मिश्रले नाटकले हाम्रो समाजको अहिलेको एउटा तस्विर देखाएको बताए । उनले शिक्षाको गुणस्तर विकासमा हामीले सुधार गर्नुपर्ने कुराहरु धेरै रहेको बताउँदै कमजोरीहरुलाई सुधारेर अगाडि बढ्नुपर्ने बताए ।

पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक सङ्कल्प प्रदर्शनको समन्वय पञ्चकन्या गाउँपालिकाका शिक्षा शाखाका साहायक निरन्जन तिवारीले गरेका थिए । नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, दीपमाला परियार, शान्ति भट्टराई, रविन दोङ्, गंगा मगर र प्रज्ज्वलट्ट अधिकारीको अभिनय रहेको थियो ।