
विदुर । विदुर नगरपालिकाले नगरपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई जिविकोपार्जन सम्वन्धि कार्यक्रम सञ्चालन गरेको छ ।
सो कार्यक्रम अन्र्तगत सामाजिक विकास मन्त्रालयमार्फत विदुर नगरपालिकाले संस्था छनौट गरी अपाङ्गता भएका व्यक्तिहरुलाई पुर्नस्थापनाको कार्यक्रम सञ्चालन गरेको हो । समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्र्तगत विदुर नगरपालिकाभित्रका १२ वटा अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको छ ।

यस्तै दुई जनालाई सिलाई मेसिन र एक जनालाई कुखुराको चल्ला प्रदान गरिएको उद्यमशील तथा सीप विकास अपाङ्ग संघकी रुपा थापाले जानकारी दिइन् ।

अपाङ्गता भएका व्यक्तिहरूको लागि जिविकोपार्जन सहयोग कार्यक्रममा अन्र्तगत भएको सो कार्यक्रम विदुर नगरपालिकामा उद्यमशील तथा सीप विकास अपाङ्ग संघले सञ्चालन गरिरहेको छ । कार्यैक्रममा विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीलगायतको सहभागिता रहेको थियो ।


योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !