२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता जेष्ठ २, २०८०

विदुर । नुवाकोट जिल्लामा पोके तथा घुमुवा व्यापारीहरू विरुद्धको कारवाहीलाई नुवाकोट उद्योग वाणिज्य संघले तिब्र बनाएको छ । बजार तथा गाउँहरुमा बोकेर व्यापार गर्दा व्यवसायीहरु मारमा परेको गुनासो संघमा प्राप्त भएपछि संघले कारवाहीलाई तिब्र बनाइएको हो ।

घर भाडा, सरकारी राजश्व तथा अन्य कानुनी दायरा पूरा नगरेका व्यवसायीहरुका सक्रिय हुँदा यसबाट व्यावसायीहरुलाई प्रत्यक्ष मार पर्ने र उपभोक्ताहरु समेत मूल्य र गुणस्तरमा ठगिने गरेको गुनासो आएको कारण संघले पोके व्यापारी नियन्त्रण अभियान सञ्चालन गर्नु परेको संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताए । ‘घुमुवा तथा पोके व्यापारीका कारण व्यवसायी साथीहरु मर्कामा परेको भन्ने गुनासो बढेपछि हामीले कारवाहीको अभियानलाई अघि बढाएका हौँ’–उप्रेतीले भने ।

पोके व्यापारीहरूले कपडा, भाडाकुडा तथा अन्य वस्तुहरू घरघरमै लगेर बिक्री वितरण गर्ने हुँदा बजार चहलपहल समेत कम हुने र स्थानीय बजारमै सस्तो र गुणस्तरहीन सामान बेच्दा राज्यलाई वर्षैनी लाखाँै रुपैयाँ कर गुमाउनु परेको वरिष्ठ उपाध्यक्ष उप्रेतीले बताए ।

पोके व्यापारीहरुको पहिचान गर्ने, सचेत गराउने र कारवाही गर्ने अभियानका लागि संघले उप्रेतीको संयोजकत्वमा १९ सदस्यीय उपसमितिसमेत गठन भएको छ । त्यो उपसमितिले जिल्ला प्रवेश गर्ने नाकाहरुमा सचेतना बोर्ड राख्ने कर्मचारीहरुको समेत व्यववस्थान भएको छ ।

व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता गरेर तोकिएको ठाउँमा मात्र गर्नुपर्ने भएतापनि विना दर्ता र कर, बिल नै जारी नगरी कपडा लगायत विभिन्न सामग्री बिक्रीका लागि नुवाकोटका बजार तथा गाउँ छिर्न लागेका व्यापारीलाई नियन्त्रण गरिने नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: जेष्ठ २, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !