२०८२ कार्तिक २१, शुक्रबार
  • User भोलाराज पौडेल कार्तिक २, २०७९

नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा जन्मिएका दिनेश बोगटी अहिले माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाल नुवाकोटको जिल्ला संयोजक छन् ।

बोगटीले न्यू तुप्चे युवा क्लवको अध्यक्ष छन् । सुमन अधिकारी अध्यक्ष रहेको तुप्चे युवा क्लवलाई परिमार्जन गर्ने क्रममा उनले सो क्लव बनाएका हुन् । सोही क्लवमार्फत सामाजिक तथा खेलकुदका कार्यक्रममा सहभागिता जनाउने बोगटी गाउँका विकास निर्माणका काममा पनि उत्तिकै खटिँदै आएका छन् । क्लवले तुप्चेमा जिम हल बनाएको छ । कार्यालय भवन छुट्टै ५ कोठाको निर्माण भएको छ । उनी केही समय जिल्ला फुटवल संघ एन्फामा पनि आवद्ध भएका थिए ।

नुवाकोटका पुराना राजनितिज्ञ विष्णुबहादुर बोगटीको छोरासमेत रहेका दिनेश आफू सानो छँदा राजनीतिमा खासै ध्यान दिँदैनथ्ये । अझ माओवादीले सशस्त्र द्वन्द्व सञ्चालन गरेपछि मान्छे मारेर, निर्माण भएका भौतिक संरचना ध्वस्त पारेर पनि राजनीति हुन्छ जस्तो ठान्दथेँ । जव उनले राजनीति बुझ्दै गए माओवादीले बोेकेका एजेण्डा पढ्दै गए तव उनलाई माओवादीले उठाएका एजेण्डा सही रहेछन् अनि नागरिकको अवस्था बदलेर व्यवस्था फेर्न सानातिना घटना घट्ने रहेछन् भन्ने बुझे । ‘म स्कुल पढ्ने बेलामा मेरो बाबा एमालेका नेता हुनुहुन्थ्यो । त्यतिबेला माओवादीहरु आउने जाने क्रम चलिरहन्थ्यो ।’ बोगटीले भने–‘ठूलो बुबा स्व. पोष्टबहादुर बोगटीको प्रेरणाले पनि म राजनीतिमा लागेँ ।’

करिव साढे पाँच वर्ष म विदेशमा बसेँ । त्यतिबेलासम्म पनि राजनीतिमा खासै रुची थिएन । संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएको थियो । त्यतिबेला पोष्टबहादुर बोगटीले चुनाव हार्नुभयो । चुनावपछि म विदेशबाट आएको थिए । त्यतिबेला मलाई खल्लो लाग्यो जनयुद्ध लडेका नेता, देशमै चर्चित नेता निर्वाचनमा पराजय भएको कुराले म दुःखित भएँ । देश र जनताको लागि लडेका भनिएका जनताले पत्याएनन् त ? भनेर अझ बढी राजनीति बुझ्न मन लाग्यो त्यसपछि म गाउँमै बस्न थालेँ । म आएको केही समयपछि नै उहाँ –पोष्टबहादुर)को निधन भयो । उहाँको निधनपछि माओवादी राजनीति सकियो, माओवादी सकियो जस्ता कुराहरु पनि सुनेँ । विदुर नगरपालिकामै पनि माओवादी कमजोर रहेको जस्तो लाग्यो । मैले नेताहरुसँग कुरा गरेँ । त्यसपछि वाइसिएल सम्मेलन गर्ने कुरा भयो । त्यतबेला शक्ति बस्नेत गृहमन्त्री हुनुहुन्थ्यो, उहाँले आएर कार्यक्रमको उद्घाटन गर्नुभयो । त्यतिबेला ६ जना सहसचिव मध्ये मैले पनि एउटा पाएँ । त्यसपछि सो जिल्ला कमिटिले जिल्लाको १२ वटै तहमा कमिटि बनाउने अभियान चलायो । मैले विदुर नगरपालिकाको भेला गर्न संयोजकको जिम्मेवारी पाए । १३ वटै वडामा १७० जनालाई वाइसिएलमा आवद्ध गराएँ । त्यसपछि फेरी जिल्ला भेला गराएर पदाधिकारीसहितको नगर कमिटि बनायौँ । त्यसबेलै २०७४ को स्थानीय चुनाव पनि आयो । चुनावको बेला व्यापक रुपमा हामीले युवा परिचालन गर्न सफल भयौँ । तर, पार्टीले हार व्यहो¥यो । त्यसपछि फेरी संघीय र प्रदेशको चुनावको तयारी भयो । एमाले र माओवादी एउटै पार्टी बन्यो । युवाको संगठन पनि एक भयो । त्यतिबेला एमालेको युवा संघका पशुपति थापा संयोजक र म सहसंयोजक भयाँै । त्यो कमिटि पूर्ण भएको थिएन । केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरेँ । एमाले र माओवादी फेरी फुटे, एमाले, माओवादी र समाजवादी तीन वटा पार्टी बने । त्यसको विरुद्धमा हामीले युवाहरु मिलेर जिल्लादेखि काठमाडौंसम्म पुगेर आन्दोलन पनि ग¥यौँ । तीन पार्टी तीनतिर भएपछि म फेरी वाइसिएलको जिल्ला संयोजक भएर आएँ । १० पालिकासहित २ नगरपालिकामा हामीले संयोजक तोकेर जिल्ला सम्मेलनको तयारी ग¥यौँ ।

युवा अराजक हुन्छन् उनीहरुलाइए प्रयोग गर्नुपर्छ भन्ने मानसिकता दलहरुले त्यागेर विकासमा युवाको सहभागिता सुनिश्चित गर्नुपर्छ । राजनीतिक दलहरुले युवालाई छेकेर राख्ने गरेको छ । पार्टीको लगाममा युवा छन् । त्यसैले त बालेनहरुले स्वतन्त्र रुपमा आफ्ना भिजन प्रस्तुत गरेर युवाको मन जितिरहेका छन् । निर्र्वाचन जित्न सुरु गरेका छन् ।

मुलुकमा कोभिड १९ को संक्रमण भयो । लकडाउन भयो । त्यतिबेला घरभित्र रहेका नागरिकलाई भित्रैबाट कसरी सहयोग गर्न सकिन्छ भनेर हामीले पालिकास्तरकाका कमिटिहरुलाई नागरिकको आवश्यकता पूरा गर्नको लागि निर्देशन दियौँ । सोही अनुसार उहाँहरुले नागरिकहरुलाई आवश्यक पर्ने एम्वुलेन्स, औषधि उपचारको लागि सहजीकरण गर्न लगाएका थियौँ । वाइसिएलको दोस्रो राष्ट्रि«य सम्मेलन भयो । सो सम्मेलनले फेरी मलाई दोस्रो पटक जिल्ला संयोजक बनाएर पठाएको छ ।
राजनीतिमा युवाको भूमिका महत्वपूर्ण छ । तर, पार्टीहरुले युवाहरुलाई ‘युज एण्ड थ्रो’को रुपमा लिएका छन् । चुनाव आएपछि मात्रै युवाको खोजी गर्ने दलहरुभित्र गलत मानसिकता छ । राजनीतिमा युवाको भूमिका कुनै पनि दलले राम्रोसँग बुझ्न सकेका छैनन् । त्यसैले त अहिले बालेनहरु स्थापित हुँदै गइरहेका छन् । यसले केही समयपछि राजनीतिकहरुलाई संकट पारिदिने छ । विस्तारै विस्तारै युवाहरु राजनीतिप्रति वितृष्णाको शिकार बन्दैछन् । नेतृत्वतहमा युवालाई अवसर नदिइँदा कुनै दिन व्यवस्थामातिथ संकट आइपर्न सक्छ । अहिले नुवाकोटमै पनि उम्मेदवारहरुको अवस्था हेर्दा युवाको संख्या कम छ । युवाको क्षमता, योग्यता हेरेर उनीहरुको भावना अनुसारका कार्यक्रमसमेत दलहरुले सञ्चालन गर्न सकेका छैनन् । चुनावको बेला मास देखाउन, अरुसँग झगडा गर्न मात्रै प्रयोग गर्ने र पार्टीभित्रको आन्तरिक प्रशिक्षणहरुमा सहभागी गराउँदा युवाहरु बाठा हुन्छन् भन्ने सोचबाट दलहरु ग्रसित छन् ।

राजनीतिमा लाग्न चाहने नयाँ युवा त राजनीतिक दलभित्र बस्न सक्ने वातावरण नै छैन । अहिलेको चुनावकै सन्दर्भको कुरा गर्दा हजुरवा पुस्ताका नेताहरुलाई हामीले भोट हाल्नुपर्ने बाध्यता रहेको छ । हजुरवादेखि नातीसम्मले एउटै नेतालाई भोट हाल्नुपर्ने बाध्यतामा पार्ने यिनै दल होइन ?

कुनै दलको तरुण दल छ, कसैले युवा संघ छ, हाम्रो वाइसिएल छ । युवाहरुलाई पनि हामीसँगै अघि बढाउनुपर्छ हामीले सिकाउँदै उनीहरुलाई पनि अवसर दिनुपर्छ भनेर दलहरुले कहिलै सोचेका छैनन् । जवसम्म दलहरुले युवालाई अघि बढाउँदैनन् तवसम्म देशको समग्र विकास असम्भव छ । युवा अराजक हुन्छन् उनीहरुलाइए प्रयोग गर्नुपर्छ भन्ने मानसिकता दलहरुले त्यागेर विकासमा युवाको सहभागिता सुनिश्चित गर्नुपर्छ । राजनीतिक दलहरुले युवालाई छेकेर राख्ने गरेको छ । पार्टीको लगाममा युवा छन् । त्यसैले त बालेनहरुले स्वतन्त्र रुपमा आफ्ना भिजन प्रस्तुत गरेर युवाको मन जितिरहेका छन् । निर्र्वाचन जित्न सुरु गरेका छन् ।

आसन्न निर्वाचनको लागि गठबन्धनमा रहेका दलहरुका युवा संगठनको वैठक केही दिनभित्रै बस्नेछ । त्यसपछि जिल्ला स्तरमा पनि हामी वैठक बसेर निर्वाचनमा कसरी परिचालन हुने र कस्तो रणनिति बनाउने भनेर छलफल हुन्छ । यो छलफल कात्तिकमा ४, ५ गतेभित्रै हुनेछ भन्ने अपेक्षा मैले गरेको छु । गठबन्धन भइसकेपछि हामीले मात्र योजना बनाउने कुरा भएन । संयुक्त रुपमा योजना बनाएर हामी अघि बढ्नेछौँ ।

-वाइसिएल नुवाकोटका संयोजक बोगटीसँग कुराकानीमा आधारित

  • User भोलाराज पौडेल प्रकाशित: कार्तिक २, २०७९

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !