
काठमाडौं लगायत विभिन्न जिल्लाबाट लागुऔषध खैरो हिरोइनसहित ९ जनालाइ पक्राउ गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरी आज सार्वजनिक गरेको छ । ब्यूरोका प्रवक्ता कृष्णकुमार महतले पाँच सय ३६ दशमलब पाँच ग्राम खैरो हिरोइनसहित ९ जनालाई पक्राउ गरेको बताए । अहिलेसम्मकै धेरै परिणामको लागुऔषध रहेको उनले बताए ।
उनीहरुको साथबाट ब्यूरोले ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७ दशमलब ५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको छ ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !